
कपिलवस्तुमा अपराधी समाउने विशेष अभियान : छ महिनामा ३८९ फरार प्रतिवादी पक्राउ




कपिलवस्तु | विभिन्न कसुरमा अदालतले सजाय ताके पनि लामो समयदेखि फरार रहँदै आएका अपराधीलाई पक्राउ गर्न कपिलवस्तुको विशेष अभियान जारी छ । अभियान अन्तर्गत कपिलवस्तुमा चालु आर्थिक वर्षको ६ महिना भित्र ३ सय ८९ फरार प्रतिवादी पक्राउ गरिएको हो ।
कपिलवस्तुमा विभिन्न मितिमा कत्र्तब्य ज्यान, डाँका, लागुऔषध, जबरजस्ती करणी, नकबजनी चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको हो । पक्राउ गरिएका फरार प्रतिवादीबाट २ सय ६८ वर्ष ९ महिना र १५ दिन कैद र २८लाख ८८ हजार ८२८ रुपैयाँ जरिवाना असुल उपर हुनेछ ।
गत आर्थिक वर्ष २०८०र८१ मा कपिलवस्तु प्रहरीले १ सय ३५ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ६५ वर्ष ५ महिना कैद र २२ लाख ५६ हजार ४ सय ५० जरिवाना असुल उपरका लागि अदालतमा पेश गरेको थियो । त्यसैगरि अघिल्लो आर्थिक वर्ष २०७९र८० मा कपिलवस्तु प्रहरीले ७२ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ८ वर्ष १ दिन कैद र १ करोड ४४ लाख ७० हजार ९ सय ५६ रूपैयाँ जरिवाना असुलका लागि अदालतमा पेश गरेको रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
अपराध गरेर लुके पनि प्रहरीको फन्दामा पर्नु पर्छ भन्ने आम नागरिकमा सन्देश दिन समेत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको एसपी निरन्जनदत्त भट्टले बताए । आपराधिक मनोभावना गिराउन भूमिका खेल्ने उद्देश्यका साथ फरार प्रतिवादी पक्राउको कार्यलाई निरन्तरता दिने उनले बताए ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया