

कपिलवस्तुमा अपराधी समाउने विशेष अभियान : छ महिनामा ३८९ फरार प्रतिवादी पक्राउ


कपिलवस्तु | विभिन्न कसुरमा अदालतले सजाय ताके पनि लामो समयदेखि फरार रहँदै आएका अपराधीलाई पक्राउ गर्न कपिलवस्तुको विशेष अभियान जारी छ । अभियान अन्तर्गत कपिलवस्तुमा चालु आर्थिक वर्षको ६ महिना भित्र ३ सय ८९ फरार प्रतिवादी पक्राउ गरिएको हो ।
कपिलवस्तुमा विभिन्न मितिमा कत्र्तब्य ज्यान, डाँका, लागुऔषध, जबरजस्ती करणी, नकबजनी चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको हो । पक्राउ गरिएका फरार प्रतिवादीबाट २ सय ६८ वर्ष ९ महिना र १५ दिन कैद र २८लाख ८८ हजार ८२८ रुपैयाँ जरिवाना असुल उपर हुनेछ ।
गत आर्थिक वर्ष २०८०र८१ मा कपिलवस्तु प्रहरीले १ सय ३५ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ६५ वर्ष ५ महिना कैद र २२ लाख ५६ हजार ४ सय ५० जरिवाना असुल उपरका लागि अदालतमा पेश गरेको थियो । त्यसैगरि अघिल्लो आर्थिक वर्ष २०७९र८० मा कपिलवस्तु प्रहरीले ७२ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ८ वर्ष १ दिन कैद र १ करोड ४४ लाख ७० हजार ९ सय ५६ रूपैयाँ जरिवाना असुलका लागि अदालतमा पेश गरेको रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
अपराध गरेर लुके पनि प्रहरीको फन्दामा पर्नु पर्छ भन्ने आम नागरिकमा सन्देश दिन समेत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको एसपी निरन्जनदत्त भट्टले बताए । आपराधिक मनोभावना गिराउन भूमिका खेल्ने उद्देश्यका साथ फरार प्रतिवादी पक्राउको कार्यलाई निरन्तरता दिने उनले बताए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया