

मदन–संयोगको जोडिलाई प्रथम भलवाड ब्याडमिन्टन कपको उपाधि

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ जिनुवामा आयोजना गरिएको प्रथम भलवाड ब्याडमिण्टन कपको उपाधी वडा नम्बर ७ ले जितेको छ । भलवाड ब्याडमिण्टन खेल समुहले आयोजना गरेको उक्त प्रतियोगिता सोमबार सकिएको थियो । पहिलो पटक भलवाडमा बाणगंगा नगरपालिका अन्तर पालिका वडा स्तरीय ७,८ र ९ को प्रथम भलवाड ब्याडमिण्टन कपको उपाधी भिडन्तमा वडा नम्बर ९ का रोशन बुढा मगर र चेतमान घर्तीको टीमलाई सोझो सेटमा पराजित गर्दै वडा नम्बर ७ का खेलाडीहरु मदन कुँवर र संयोग गिरीको टीमले उपाधि जितेका हुन ।
उपाधि विजेता टोलीले नगद १५ हजार रुपैँयासहित कप मेटल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन भने उप विजेतामा चित्त बुझाएका खेलाडीले नगद ८ हजार रुपैँयासहित कप, मेडल र प्रमाणपत्र पाएका छन् । सम्पन्न प्रतियोगितामा सौगात खड्का र मनोज वलीले अनुशासित खेलाडीको पुरस्कार पाए । यस्तै प्रतियोगिताको बेस्ट स्पाइकर खेलाडी वडा नम्बर ७ का आकाश कुँवरले हात पारे ।
माघी पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता पुष २७ मा सुरु भइ पुष २९ मा सकिएको हो । प्रतियोगिताको समापन समारोहमा भलवाड ब्याडमिण्टन खेल समुहका अध्यक्ष नमराज गुरुङको अध्यक्षता तथा वडा नम्रब ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष पौडेलले भलवाडका युवाहरुले ब्याडमिण्टन खेलको आयोजना गरी यहाँका युवाहरुको एकतालाई अझ बलियो बनाउने काम गरेको बताए । उनले यस्ता खालका खेल तथा कार्यक्रमका लागि वडाबाट समेत सहयोग गरिने प्रतिबद्धता जनाए ।
यस्तै कार्यक्रममा खोजिपुर सामुदायिक वनका अध्यक्ष दिपक थापाले भलवाड ब्याडमिण्टन खेल समुहलाई समग्र भलवाडको आधिकारिक क्लवको रुपमा संचालन गर्न सुझाव दिए ।
कार्यक्रमलाई सरेपानी सामुदायिक वनका अध्यक्ष बिन्द्रबहादुर गुरुङ् र साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष दिपक बस्नेतले सम्बोधन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य केशरा गुरुङ, कपिलवस्तु बचत तथा ऋण सहकारी संघका अध्यक्ष धुव्र बेल्वासे, भलवाड स्वास्थ्य चौकी प्रमुख जितबिकास रायमाझी, पत्रकार बाबुराम रायमाझी,लगाएतको आतिथ्यता रहेको थियो ।
युवा शक्तिको एकता, आजको आवश्यकता भन्ने नाराका साथ संचालित उक्त प्रतियोगितामा बाणगंगा नगरपालिका वड नम्रब ७,८ र ९ का २६ टिमले प्रतिश्प्रधामा भाग लिएका थिए । अन्तिम चारमा पुगेका वडा नम्रब ७ र ९ का टीमबाट अन्तिम दुई टोलीको टुङ्गो लागेको थियो ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया