

कस्तो ‘कविता’ सुन्छौ ?


(१)
‘कविता’ धुँवाबाट पनि निस्कन्छ
बादलबाट पनि निस्कन्छ
फरक यत्ति छ,
धुँवाबाट निस्केको कवितामा
आगोको ‘फिलिङ्गो’ हुन्छ
बादलबाट निस्केको कवितामा
पानीको ‘छिटा’ हुन्छ
अब भन,
तिमी ‘तातो’ कविता सुन्छौ कि‘चिसो’?
(२)
‘कविता’ पसिनाबाट पनि निस्कन्छ
अत्तरबाट पनि निस्कन्छ
फरक यत्ति छ,
पसिनाबाट निस्केको कवितामा
परिश्रमको ‘गन्ध’ हुन्छ!
अत्तरबाट निस्केको कवितामा
विलासको ‘वासना’ हुन्छ
अब भन,
तिमी ‘दुर्गन्धित’ कविता सुन्छौ कि ‘सुगन्धित’?
(३)
‘कविता’ आत्माबाट पनि निस्कन्छ
देहबाट पनि निस्कन्छ
फरक यत्ति छ,
आत्माबाट निस्केको कविता‘अर्गानिक’ हुन्छ
देहबाट निस्केको कवितामा ‘मेकअप’ हुन्छ
अब भन,
तिमी ‘लोकल’ कविता सुन्छौ कि ‘बिकासे’?
(४)
‘कविता’ झुपडीबाट पनि निस्कन्छ
महलबाट पनि निस्कन्छ
फरक यत्ति छ,
झुपडीबाट निस्केको कवितामा
आत्मसम्मानको ‘डुङ्गा’ हुन्छ
महलबाट निस्केको कवितामा
अहङ्कारको ‘स्विमिङ्ग पुल’ हुन्छ
अब भन,
तिमी ‘उत्रिने’ कविता सुन्छौ कि ‘डुब्ने’?
(५)
‘कविता’ फूलबाट पनि निस्कन्छ
काँडाबाट पनि निस्कन्छ
फरक यत्ति छ,
फूलबाट निस्केको कविता ‘कोमल’ हुन्छ
काँडाबाट निस्केको कविता ‘कठोर’ हुन्छ
अब भन,
तिमी‘सुमसुम्याउने’ कविता सुन्छौ कि ‘घोच्ने’?
(६)
‘कविता’ पानीबाट पनि निस्कन्छ
मदिराबाट पनि निस्कन्छ
फरक यत्ति छ,
पानीबाट निस्केको कवितामा ‘निर्मलता’ हुन्छ
मदिराबाट निस्केको कवितामा ‘मादकता’ हुन्छ
अब भन,
तिमी ‘सौम्य’ कविता सुन्छौ कि ‘मात्ने’?
(७)
‘कविता’ हावाबाट पनि निस्कन्छ
माटोबाट पनि निस्कन्छ
फरक यत्ति छ,
हावाबाट निस्केको कवितामा ‘प्राण’ हुन्छ
माटोबाट निस्केको कवितामा ‘मृत्यु’ हुन्छ
अब भन,
तिमी ‘बाँच्ने’कविता सुन्छौ कि ‘मर्ने’?



खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया