

शीतलहरले दाउन्नेमा सात किलोमिटरसम्म सवारीको लाम !


बुटवल । बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा आज ९बिहीबार० पनि शीतलहरका कारण आवागमनमा समस्या भएको छ । बाक्लो शीतलहरले सडक चिप्लो भएपछि सवारी साधन गुड्न समस्या भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख डीएसी दीपेन्द्र बानियाँले इमरजेन्सी काम भएका व्यक्तिलाई बुटवल(नारायणगढ सडक खण्डको बाटो यात्रा नगर्न आग्रह गरे । ‘सडक सहज रूपमा चल्न घाम लाग्नुपर्छ कि ठूलो पानी परेर हिलो बगाउनुपर्छ,ु उनले भने, ुशीतलहरले गाडी गुड्न समस्या छ । इमरजेन्सी कामको लागि यो सडकको विकल्प खोजेर हिँड्नुहोस,’ उनले लोकान्तरसँग भने ।
सडक खण्डमा रातभरको जामले यात्रुहरू हैरान भएका छन् । कतिपय यात्रुहरू राति हिँडेरै गन्तव्यतर्फ गएका छन् ।
बुटवलका खगराज शर्माले दुम्कीबास बर्दघाट आउन झण्डै ११ घण्टा लागेको बताए । बर्दघाट दुम्कीबास खण्ड जम्मा १५ किलोमिटर हो ।
ठाउँ–ठाउँमा चिप्लिएर सवारी साधन आपसमा ठोक्किएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो खण्ड निर्माणाधीन छ । सडकमा दुवैतर्फ पाँचरसात किलोमिटर लामो सवारीको लाइन छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया