

शीतलहरले दाउन्नेमा सात किलोमिटरसम्म सवारीको लाम !



बुटवल । बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा आज ९बिहीबार० पनि शीतलहरका कारण आवागमनमा समस्या भएको छ । बाक्लो शीतलहरले सडक चिप्लो भएपछि सवारी साधन गुड्न समस्या भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख डीएसी दीपेन्द्र बानियाँले इमरजेन्सी काम भएका व्यक्तिलाई बुटवल(नारायणगढ सडक खण्डको बाटो यात्रा नगर्न आग्रह गरे । ‘सडक सहज रूपमा चल्न घाम लाग्नुपर्छ कि ठूलो पानी परेर हिलो बगाउनुपर्छ,ु उनले भने, ुशीतलहरले गाडी गुड्न समस्या छ । इमरजेन्सी कामको लागि यो सडकको विकल्प खोजेर हिँड्नुहोस,’ उनले लोकान्तरसँग भने ।
सडक खण्डमा रातभरको जामले यात्रुहरू हैरान भएका छन् । कतिपय यात्रुहरू राति हिँडेरै गन्तव्यतर्फ गएका छन् ।
बुटवलका खगराज शर्माले दुम्कीबास बर्दघाट आउन झण्डै ११ घण्टा लागेको बताए । बर्दघाट दुम्कीबास खण्ड जम्मा १५ किलोमिटर हो ।
ठाउँ–ठाउँमा चिप्लिएर सवारी साधन आपसमा ठोक्किएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो खण्ड निर्माणाधीन छ । सडकमा दुवैतर्फ पाँचरसात किलोमिटर लामो सवारीको लाइन छ ।



प्रतिक्रिया