‘वोनम्यारो क्यान्सर’ पिडित बाणगंगाकी ‘माहिरा’को उपचारका लागि ‘लायन्स क्लव कपिलवस्तु’को आर्थिक सहयोग


साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित बोनम्यारो क्यान्सरबाट पिडित परिवारलाई लायन्स क्लव अफ कपिलवस्तुले आर्थिक सहयोग प्रदान गरेको छ । बुधरबा क्लवका पदाधिकारी तथा सदस्यहरु पिडित परिवारको घरमै पुगेर उनका अभिभावकलाई आर्थिक रकम एक कार्यक्रमका बिच हस्तान्त्रण गरेका हुन ।

जाहाँ दुख्छ लायन्स त्यहाँ पुग्छ भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्वलका संस्थापक मेलविन जोनको जन्मजयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत यो सहयोग कार्यक्रम गरीएको क्वलका अध्यक्ष नवदत्त घिमिरले जानकारी दिए ।
बाणगंगा ९ भर्तापुर स्थित मनु विश्वकर्माकी ६ वर्षिय छोरी माहिरा हाल वोनम्यारो क्यान्सरबाट पिडित छन् । उनको हाल काठमाडौँ स्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि उनलाई भारतमा लैजान रकम अभाव भएपछि परिवारले आर्थिक सहयोगको याचना गरेका थिए । सोही अनुसारले लायन्स क्लव अफ कपिलवस्तुले उनको उपचारका लागि सहयोग गरेको हो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले माहिराको अवस्थाका बारेमा सबैले अहिले जानकारी पाइरहेको भन्दै उनको थप उपचारका लागि वडा, नगर र प्रदेशबाट सहयोग जुटाइएको बताए । उनले अब यहाँका संघ संस्था र अन्य व्यक्ति तथा निकायलाई पनि सहयोग गर्न आग्रह गरे । लायन्स क्लवले यहाँका अन्य परिवारलाई पनि सहोग गरेकोमा उनले धन्यवाद पनि दिए ।
कार्यक्रममा लायन्स मिडिया कोडिनेटर नवराज बेल्वासेले कार्यक्रको बारेमा जानकारी गराएका थिए भने क्वलका सचिव दामोदर पन्थीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो । लायन्स क्लव अफ कपिलवस्तुले माहिरा परिवारलाई उनको उपचारार्थ दश हजार रकम प्रदान गरेको हो । कार्यक्रममा लायन्स कपिलवस्तुका विभिन्न पदिय जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै