
हिमाली बचत तथा ऋण सहकारीको १७ औं साधारणसभा सम्पन्न

रामबहादुर गन्धर्व, कोपवा | कपिलवस्तुको बाणगङ्गा नगरपालिका –५कोपवास्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं साधरणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव तथा प्रबक्ता मोहन अर्यालले सहकारी संस्था ,बित्तिय अवस्था कमजोर हुनुको कारण नियमन पक्ष,ब्यवस्थापकको कमजोरी रहेको बताएका छन् । हिमाली वचत तथा ऋण सहकारी संस्था कोपवाको १७ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै उनले हिमालीको अवस्था सन्तोषजनक रहेको खुलासा गर्दै सहकारीको नियमन गर्न सजगता अपनाउनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा ५ का वडाध्यक्ष दुनिका भुषाल, कपिलवस्तु नगरपालिका ९ का वडाध्यक्ष मोहन शर्मा , पुर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रमणी क्षेत्री लगाएतले बोल्दै ग्रामिण भेगबाट सहकारीले छोटो समयमा अपेक्षित भन्दा बढी प्रगति गरेकोमा प्रशंसा गर्नुका साथै सहकारीहरूका बिच समन्वय गर्न आवश्यक रहेको बताउदै लगानीलाई उत्पादनमूलक ,उपार्जनसँग जोडेर लैजानुपर्नेमा जोड दिए। सो अवसरमा सहकारीले ज्येष्ठ नागरिक ,जोडी बचत ,बाल बचत,असल ऋणी ,असल बचतकर्ता लगाएतलाई सम्माानपत्र,दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।
यसैबीच कार्यावहाक अध्यक्ष भरतराज न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अगामी बर्ष २०८१÷०८२का लागि महत्त्वपूर्ण निर्णय सहित प्रस्तावित निति तथा कार्यक्रम अगाडि सारेका थिए । कोषाध्यक्ष लक्ष्मण भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल शेयर सदस्य १हजार ७सय ८३ जना मध्ये ७सय ७०महिला र १हजार १३ पुरूष रहेको जानकारी दिदै संस्थाको खुद नाफा ८६ लाख ६९ हजार ४ सय ४१ रहेको बताउदै ३१ करोड १३ लाख १७ हजार ७सय ७२ रूपैया बराबरको आयब्याय सार्वजनिक गरे ।
लेखा समितिका संयोजक कपिल घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थामा ढुक्क भएर बचत गर्न आग्रह गरे । संस्था २०६४ साउन ३० गते बाट सुचारु गर्दै हिमाली सहकारी आर्थिक क्षेत्रमा उन्नती गर्दै आएको हो ।
विभिन्न सहकारी ,सामाजिक संघ–संस्था स्थानीय जनप्रतिनिधि ,संस्था का शेयर सदस्य पूर्व पदाधिकारी ,बुद्धिजीवी ,समाजसेवी ,शुभेच्छुकहरूको सक्रिय सहभागी रहेको कार्यक्रम भरतराज न्यौपानेको अध्यक्षता संन्चालक समितिका वरिष्ठ सदस्य युवराज अर्यालको स्वागत मन्त्ब्य र सचिव कमल प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया