

कपिलबस्तुबाट स्थानीय तहका २ सय बढी उजुरी अख्तियारमा




कपिलवस्तु | कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको हाल सम्म स्थानीय तहमा २ सय बढी उजुरी परेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले २०८१/८२ को तथ्याङ्क अनुसार कपिलबस्तु जिल्लामा २३९ वटा उजुरी परेको हो । यस मध्ये सबैभन्दा बढी उजुरी कपिलबस्तु नगरपालिकामा ४५ वटा परेको छ। दोस्रो स्थानमा कृष्णनगर नगरपालिका रहेको छ, जहाँ ३५ वटा उजुरी दर्ता भएका छन्।
कपिलबस्तु जिल्लाका अन्य स्थानीय तहहरूमा पनि विभिन्न सङ्ख्यामा उजुरी दर्ता भएका छन्। बुद्धभूमि नगरपालिकामा ३५, बाणगंगा नगरपालिका २७ वटा, मायादेबी गाउँपालिकामा २५ वटा उजुरी परेको देखिएको छ। यद्यपि, सबैभन्दा कम उजुरी महराजगंज नगरपालिकामा मात्र ७ वटा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयले स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण र पारदर्शिता प्रवर्धनका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको जनाएको छ। यशोधरा गाउँपालिकाका प्रमुख शिव दयाल तिवारीले कार्यकममा सहभागी भई, यशोधरा गाउँपालिकामा भ्रष्टाचार विरोधी विभिन्न अभियानहरू सञ्चालन भइरहेको उल्लेख गरे।
अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयका प्रमुख राजेन्द्र कुमार पौडेलले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि विविध अभियानहरूको आयोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा न्यायधीश तिलकराम लम्सालले ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२३ को प्रतिवेदनको आधारमा नेपालको भ्रष्टाचार सूचीमा १०८औं स्थानमा रहेको जानकारी दिए। उनले नेपालको स्थिती भारतको भन्दा कम बिग्रिएको भए तापनि, सुधारको खाँचो रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया