

हेर्नुहाेस राशिफल, कस्ताे रहन्छ तपाईंको आज



आज मिति २०८१ पुस १९ गते शुक्रबार। तदनुसार २०२५ जनवरी ३। पुस शुक्ल चतुर्थी तिथि। वज्र वणिज धनिष्ठा पञ्चाङ्गको दिनको राशिफल। यो राशि जगदीश सुवेदीले तयार पारेका हुन्। आज पाथीभरादेवीको दर्शन गर्ने उत्तम दिन पनि हो।
मेष
टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। साथीभाईसंग मन प्रसन्न रहनेछ।
वृष
व्यापारमा प्रशस्त फाइदा हुने योग रहेकोछ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ।
मिथुन
स्वास्थ्यमा सुधार आउनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइ लेखाइमा प्रगति हुनेछ।
कर्कट
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन् लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ।
सिंह
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।
कन्या
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।
तुला
सोचेको आटेको काम बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।
वृश्चिक
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापारबाट लाभ मिल्नेछ।
धनु
नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।
मकर
परोपकारी काममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीसँग रमाइलोमा समय बित्नेछ।
कुम्भ
सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।
मीन
साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ। व्यापारमा प्रसस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया