

अमृते सामुदायिक वनद्धारा निःशुल्क ‘गुडिया तथा डल डिजाइन’ तालिम संचालन





साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित अमृते सामुदायिक वन उपभोक्ता समूहले महिलाहरूसँगै वन उपभोक्ता सदस्यलाई निःशुल्क गुडिया र डल डिजाइन तालिम प्रदान गर्ने कार्यक्रमको आयोजना गरेको छ। बुधबार आयोजित एक विशेष कार्यक्रममा तालिमको उद्घाटन गरिएको थियो।
तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वन उपभोक्ता समूहको तालिम कार्यक्रमको महत्वलाई औँल्याउँदै सहभागी सदस्यलाई सक्रियता र समर्पणका साथ तालिममा सहभागिता जनाउन आग्रह गरे। उनले भनें, “यहाँबाट सिकेका सीपलाई व्यवहारमा लागू गरेर स्वरोजगारको अवसर सिर्जना गर्न चाहिँनुहोस्।”
कार्यक्रममा सामुदायिक वनका सल्लाहकार गोपाल गिरी, समाजसेवी नारायण खनाल र टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर खनालले सामुदायिक वनको बजेटको प्रभावकारी प्रयोगको आवश्यकता उल्लेख गर्दै, यसलाई स्वावलम्बनको मार्गमा रुपान्तरण गर्न आग्रह गरे।
ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजी प्रा.लि., रुपन्देहीको आयोजनामा संचालित उक्त तालिम अमृते सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोगमा भइरहेको हो। तालिम बुधबारदेखि शुरु भई आगामी पौष १९ गतेसम्म (९ दिन) सञ्चालन हुने छ। तालिममा २२ जना महिला सदस्यहरु सहभागी भएका छन्, जसमा गुडिया सजावट र डल डिजाइनका सीपहरूको प्रशिक्षण दिइनेछ।

तालिम उद्घाटन कार्यक्रममा अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले प्रशिक्षणमा समय समर्पण गरेर आफूलाई स्वरोजगारमा समृद्ध बनाउन तालिम सहभागीलाई प्रोत्साहित गरे। कार्यक्रमको सञ्चालन वन सचिव मिना सिंजापतिको थियो र स्वागत मन्तव्य उपाध्यक्ष मिरा पौडेलले राखे।
ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजी प्रा.लि. का प्रतिनिधि ईश्वरी प्रसाद भुसालले तालिमको महत्त्व र यसको लक्ष्यलाई स्पष्ट गर्दै, सामुदायिक वनले गरेको लगानीलाई सही ढंगले प्रयोग गर्न र प्रशिक्षकद्वारा देखाइएको मार्गमा प्रगति गर्न सहभागीलाई सुझाव दिए।
समग्रमा, यस तालिमले सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुलाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया