शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित

राम अवतार चौधरी : कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–६ मा रहेको एक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक पुरुषोत्तम अर्याललाई नगरपालिकाले सरुवा गरेपछि विद्यार्थीहरू मंगलबार आन्दोलित बनेका हुन् ।

विद्यार्थीहरूले शिक्षक अर्यालले अध्यापन गराएको भन्दै विद्यार्थीहरू आन्दोलन गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी संजय प्रसाद चौधरीले बताए । किन शिक्षकलाई सरुवा गरिएको बताउँदै के कस्ता कारणको जानकारी पाउने माग गर्दै आन्दोलन गरिएको चौधरीले बताए । यस्तै अर्का विद्यार्थी ओम यादवले उनी राम्रो शिक्षक रहेको प्रशंसा गर्दै सरुवा नगर्ने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।

सोही विद्यालय कक्षा १० मा अध्यनरत कविता पालले मंगलबार विहानैबाट १ कक्षादेखि १० सम्मका करिब ७ सात सय विद्यार्थीहरू आन्दोनरत रहेको बताउँछिन् । पढाईको कुरा मात्रै नभएर विद्यालयको हरेक क्रियकलापमा सभागिता गराउन प्रभावकारी भूमिका खेलेको समेत उनको जिकिर छ ।

यता शिक्षक अर्यालले आफू माध्यमिक तहको स्थायी विज्ञान शिक्षक रहेको बताउँदै २०७१ भदौ १८ गतेदेखि यहि विद्यालयमा रहेको बताए । आफ्नो सरुवा भएपनि जान तयार रहेको बताउँदै विद्यालयबाट रवाना पत्र नपाउँदा जान नसकेको बताए । उनका अनुसार व्यवस्थापन समितिले स्थायी दरबन्दीसँग राहत कोटा नसाट्ने निर्णय गरेको छ । सोही अनुसार नगएको कठिनाई नभएको उनी बताउँछन् ।आफूले नगरपालिका विपरित जान नसक्ने जनाउँदै सरुवाविरुद्ध विद्यार्थीहरूले आन्दोलन गरेको जानकारी पाएपछि विद्यालयमा गई सम्झाईबुझाई गर्दा पनि नमानेको उनले बताए ।

आफूले विद्यालयलाई दिएको नतिजा प्रभावकारी भएर विद्यार्थीहरूले सरुवा नगराउन माग गरेको हुनसक्ने शिक्षक अर्यालले बताए ।यस्तै विद्यालयको प्रधानाध्यापक अर्जुन प्रसाद लोहारले २०८१ बैशाख १२ गते नगर शिक्षा समितिले अर्यालको काज सरुवा गरेको बताए । उनका अनुसार सरुवा रोक्न विद्यालय व्यवस्थापन समितिले नगरपालिकालाई आग्रह गरेको छ । पुरुषोत्तम अर्याल प्रभावकारी शिक्षक रहेकोले सरुवा नगर्ने, विद्यालय व्यस्थापन समिति, विद्यार्थी र शिक्षकहरूको माग छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुनाल प्रताप शाहलाई यसबारे बुझ्न खोज्दा सम्पर्क भने भएको छैन् ।यता नगरपालिका शिक्षा, युवा तथा खेलकुुद शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले निर्णय विपरित कार्य गर्न नहुने बताउँदै सरुवा भएको स्थानमा कार्यमा जानुपर्ने उनले जनाए ।

शिवराज नगर शिक्षा समितिले गरेको निर्णय शिक्षक अर्यालले नमाने कानुन अनुसार कार्वाही गर्ने उनले बताए । नगरपालिकाले मातहातमा रहेको सबै विद्यालयका शिक्षक केहि महिना पहिले सरुवासँगै अर्याललाई समेत प्रकाश माध्यमिक विद्यालय सुन्दरीडाँडा कपिलवस्तुमा नै सरुवा गरेको थियो ।

प्रतिक्रिया

खबर सबै