

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष





काठमाडौं : नेपाल पत्रकार महासंघकाे ६९ वर्षको इतिहासमा नेपाल पत्रकार महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट निर्मला शर्मा विजयी भएकी छिन् । उनी यस अगाडिको निर्वाचनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेकी थिइन् । तर तत्कालीन गठबन्धनबाट प्रेस युनियनका विपुल पोख्रेलले जितेका थिए ।
यो पटक शर्माले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट उठेका रमेश विष्टलाई १२ सय भन्दा बढी मतान्तरले पराजित गरेकी हुन् ।
यस्तै, उनको प्यानलबाट अन्य पदाधिकारी पनि विजयी भएको बताइएको छ । तर कोषाध्यक्षमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट रामकृष्ण अधिकारी विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा निर्मला शर्माको प्यानलबाट दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमेदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । यस्तै, सचिवहरू र लेखा समिति संयोजक के.सी. लामिछाने पनि निर्मला प्यानलबाट नै विजयी भएका छन् ।
गत शुक्रबार सबै जिल्ला र प्रदेशहरूमा एक साथ निर्वाचन भएको थियो । प्रदेशगत रुपमा र जिल्लागत रुपमा पनि निर्मला समूहका उम्मेदवारहरु नै बढी निर्वाचित भएका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया