

गुल्मीमा गाडी दुर्घटनामा एक जनाको मृत्यु

मंसिर २९, बुटवल | गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी मुसिकोट नगरपालिका ४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका ८ का ४५ वर्षीय रबिनकुमार श्रीसको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मृतक श्रीसकी पत्नी ३८ वर्षीय वसन्ती श्रीस र उनका छोरा ८ वर्षीय एक्सन श्रीस पनि घाइते भएका छन्।
त्यसैगरी गाडी चालक गुल्मीको मुसिकोट नगरपालिका वडा २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको छ ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया