
महोत्सवमा साइकलिङ च्यालेञ्ज : बालुवाको बाटो पार गर्नेलाई विजेता घोषणा गरिने

मंसिर २९, कपिलवस्तु | १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षण अन्तरगत आज डिजर्ट साइक्लिङ च्यालेञ्ज प्रतियोगिता हुँदै छ । बाणगंगा राइडर्स क्लव कपिलवस्तुले यो कार्यक्रम आयोजना गरेको हो ।
महोत्सव स्थल बुद्ध रंगशालामा हुने च्यालेञ्जमा करिब २ सय प्रतियोगीले भाग लिने प्रतियोगिता संयोजक रविन्द्र पौडेलले जानकारी दिए । आज विहानसम्म सबै तयारी पुरा भएको जनाउँदै सहभागी भई निशुल्क रुपमा खेल हेर्न क्लवले आग्रह गरेको छ । खेलका लागि जिल्ला भित्र र बाहिरका खेलाडीको सहभागिता रहेको क्लवले जनाएको छ ।
खेलको लागि बालुवाको लिग भएको निश्चि दुरी बनाइएको छ । त्यसमा साइकल गुडाएर सबैभन्दा छिटो दुरी पार गर्नेलाई प्रथम, द्धितीय र तृतीय घोषणा गरिने संयोजक पौडेलको भनाई छ ।
यदि दुरी पार नभएको खण्डमा सबैभन्दा चाँडो धेरै बालुवाको बाटो पार गर्नेलाई विजेता घोषणा गरिने उनले बताए ।
प्रथम हुनेले माउण्टेन साइकल, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजारसहति शिल्ड र प्रमणपत्र पाउने क्लवका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
यस बर्ष बिभिन्न नयाँ नयाँ कार्यक्रम गरिएकाले बालुवामा साइकललाई पनि स्थान दिइएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक गणेश बहादुर क्षेत्रीले बताए ।
पछिल्लो समय बिभिन्न सामाजिक र मानवीय गतिविधि गरेर पछिल्लो समय चर्चामा रहेको बाणगंगा राइडर्सले यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै फागुनमा गरिने कोरा साइक्लिङ च्यालेञ्जको तयारीको सुरुवातको रुपमा यस प्रतियोगितालाई लिइएको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया