

एनपीएल : लुम्बिनीलाई काठमाडौंको चुनौती

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा आज हुने दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजले चुनौती प्रस्तुत गर्दै छ ।
प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार बेहोरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।
आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको लुम्बिनीले त्यसअघिका चार खेलमा भने लगातार हार बेहोरेको थियो ।
लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटको, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको साँघुरो हार बेहोरेको थियो ।
यता, काठमाडौं भने आजको खेलमा जितसहित आफ्नो प्लेअफ सम्भावनालाई कायम राख्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा तीन खेल मात्र खेलेको काठमाडौंले यसक्रममा दुई हार र एक जितको नतिजा निकालेको छ ।
काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया