दुर्घटनामा परेर अस्ताए कपिलवस्तुका फुटबलका उदाउँदो नक्षत्र निशान न्यौपाने

दुर्घटनामा परेर अस्ताए कपिलवस्तुका फुटबलका उदाउँदो नक्षत्र निशान न्यौपाने
मंसिर २५, कपिलवस्तु ।
कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ।
कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए।
स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो। न्यौपाने गम्भीर घाइते भएका थिए।
न्यौपानेको उपचारको क्रममा मंगलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
उनी कपिलवस्तुमा सञ्चालिन राष्ट्रिय मेला अवलोकन गरेर घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए।
लामो समय एन्फा एकेडेमीबाट उनी कप्तान भएका थिए। उनले वनेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै

प्रतिक्रिया