साना किसान भलवाडको २५औँ साधारणसभा : अतिथी सत्कार र मञ्च व्यवस्थापनमा नयाँ सन्देश

राजेन्द्र खनाल, भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले वडा नम्बर ९ मै पहिलो पटक फरक सन्देश दिने तवरबाट आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जसले यहाँका संस्थागत कार्यक्रमलाई थप शिर्जनशीलताको प्रयोगमा ध्यान केन्द्रित गरेको हो ।

शनिबार आयोजना गरिएको साधारणसभा कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाले फेन्सी र प्रयोगविहिन खादा मालाको सट्टा पाल्पाली ढाका कपडाले अतिथिहरुको स्वागत तथा सम्मान ग¥यो । पुरुष अतिथीहरुलाई पाल्पाली ढाका टोपी र महिला अतिथीहरुलाई पाल्पाली ढाकाको सल खादा र व्याजको रुपमा प्रयोग गरेको हो । यस्तै संस्थामा आबद्ध ४४ जना जेष्ठ शेयर सदस्यहरुलाई पनि काँसको गिलास र ढाका कपडाले सम्मान गरेको छ । सना किसानले आफ्नो २५ औँ वार्षिक साधारणसभा कार्यक्रमको मञ्चलाई समेत परिमार्जित र निवनतम सन्देश प्रवाहमा जोड दियो । कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथीहरुलाई दर्शक दिर्घामा आसनग्रहण गराएको थियो भने मुख्य मञ्चमा साधारणसभाबाट सम्मानित जेयष्ठ शेयर सदस्यहरुलाई आसनग्रहण गराइएको थियो ।

सामान्यतया यस क्षेत्रमा आयोजना हुने औपचारिक कार्यक्रमहरुमा अतिथीहरुले मञ्च खचाखच भरिने गर्दछन भने दर्शक दिर्घामा आयोजक संस्थाका सदस्यहरुलाई राख्ने गरिन्छ । साना किसान भलवाडले यस प्रणालिलाई परिमार्जन गरेको पनि जनाएको छ । सहकारीका व्यवस्थापक मानकुमारी गिरीले संस्थाले यसपटक कार्यक्रमको शैली केही परिमार्जन गरेको जनाइन ।

यसैबिच सम्पन्न २५ औँ वार्षिक साधारणसभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले मुलुकभर सहकारी क्षेत्रमा देखिएका नकारात्मक पक्षको चर्चा गर्दै वाणगंगा नगरपालिकाको सहकारी संस्थाहरूले सकारात्मक भूमिका निर्वाह गरिरहेको उल्लेख गरिन्। नगरपालिकामा रहेका ६३ वटा सहकारी संस्थाहरूको अनुगमन तथा मूल्यांकन गरिसकिएको बताउँदै, उपमेयर चौधरीले भलवाडको सहकारीलाई “अब्बल कृषि सहकारी” को संज्ञा दिइन्। साथै, शेयर सदस्यहरूलाई लाभांश वितरणमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गरिन्।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा वडा अध्यक्ष कमल पौडेलले सहकारीले किसानहरूले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पु¥याउन खेलेको भूमिकाको प्रशंसा गरे। उनले सहकारीको प्रगतिका लागि वडा कार्यालय र शेयर सदस्यहरू मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा मोतिपुर साना किसान कृषि सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटा, नव प्रभात बचत तथा ऋण सहकारीका अध्यक्ष बसन्त खनाल, र संस्थाका पूर्व अध्यक्ष हरिराज घिमिरेले साधारणसभाको सफलताको शुभकामना दिए।
साधारणसभामा संस्थाले असल युवा लघु उद्यमीको रुपमा नवराज गुरुङलाई सम्मान गरेको थियो।

संस्थाका अध्यक्ष दीपक बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले शेयर सदस्यहरूको आर्थिक उन्नतिका लागि गरिरहेको प्रयासबारे प्रकाश पारे। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्धक मान कुमारी गिरीले आर्थिक वर्ष २०८०÷०८१ मा २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको जानकारी गराइन्। लेखा संयोजक चुरामणि आचार्यले सुझावसहित लेखा प्रतिवेदन पेश गरे।

साना किसान कृषि सहकारी संस्था भलवाड २०५२ सालमा स्थापना भएको हो। हाल यस संस्थामा २ हजार १० शेयर सदस्य आबद्ध छन्। कृषि र सहकारी क्षेत्रको प्रगतिको लागि यो संस्था सक्रिय रहँदै आएको छ। साधारणसभाले सहकारीलाई आगामी दिनमा थप प्रगतिशील बनाउन योजना अघि बढाउने निर्णय गरेको छ।

कार्यक्रम संस्थाका अध्यक्ष दिपक बस्नेतको अध्यक्षता तथा उपाध्यक्ष बसन्ती थापा क्षेत्रीको स्वागत र प्रबन्धक मान कुमारी गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै