
विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संसदीय समितिको बैठक आह्वान

१७ मंसिर, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यही मंसिर १९ गतेका लागि बैठक राखेको छ । समितिको सचिवालय सिंहदरवारमा बस्ने गरी बैठक बोलाइएको हो ।
गत असोज ४ गते यता विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुन सकेको छैन । समिति सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकमाथि संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँग एकसरो छलफल सकिएको छ ।
विद्यालय शिक्षा विधेयक २५ असोज २०८० देखि संसदमा विचाराधीन छ । सांसदहरूले १५२ समूहमा एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
संशोधनकर्ता सांसदहरुको प्रस्ताव समेतका आधारमा अब विधेयकमाथि दफावार छलफल सुरु गर्ने शिक्षा समितिको तयारी छ । समितिले आन्तरिक रुपमा विधेयकका महत्वपूर्ण विषयहरु पहिचान गरेको छ । त्यसमाथि राजनीतिक सहमति खोज्ने प्रयास समिति सदस्यहरूको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया