

आज याे राशिलाई विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ, अरु राशिकाे दिन कस्ताे रहला ?





आज २०८१ मंसिर १६ गते आइतबार (१ डिसेम्बर, २०२४) । मंसिर कृष्णपक्ष औंशी ११:२४ सम्म, तत्पश्चात् प्रतिपदा ।अनुराधा १४:५१ सम्म, तत्पश्चात् ज्येष्ठा । चन्द्रराशि वृश्चिक । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरु आज महत्वपूर्ण काम गर्ने योजनामा भए केही समय पर्खनु पर्ला। आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आज आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्यांकन हुनेछ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा उचित समय दिन नसकिएला । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज काममा समय बित्न सक्छ । विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ । स्वास्थ्य केहि कमजोर रहन सक्छ। काममा ढिलासुस्ती भएपनि मेहेनत गर्दा काम सफल हुन सक्छ । मनोरन्जनको क्षेत्र खर्च हुन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुले आज पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरु आज मुद्दा-मामिलामा विजयी हुनेछन् । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। आर्थिक लाभ सामान्य मात्र रहन सक्छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया