

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले वृहत रक्तदान गर्दै

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको आयोजना र राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीको सहयोगमा मङ्सिर २२ गते शनिबार विजयनगर गाउँपालिकको सभाहलमा वृहत रक्तदान कार्यक्रम गर्ने राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटी अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिए ।
निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बाहादुर थापाले बताए । रगतको अभावमा परेका हरुको ज्यान बचाउने गरी यस कार्यक्रममा सहभागी हुन र कार्यक्रमलाई सफल बनाउन , रक्तदानबाट लाखौंको जीवन बचाउन सकिने भन्दै यस रक्तदान कार्यक्रमको हिस्सा बन्न थापाले सबैमा अनुरोध गरे ।

“रक्तदान, जीवन दान” भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको बताउँदै ।रक्त अभावबाट कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्धेश्यका साथ रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष तिलक गरीले बताए ।
कार्यक्रममा विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरी,वडा नं ७ का वडा अध्यक्ष दिनेश चौधरी, नेकपा एमाले विजयनगर गाउँ कमिटी अध्यक्ष थर्क बाहादुर खन्गाहा, प्रमिला पौडेल, दिपेन्द्र महरा लगायतले मन्तव्य राखेका थिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया