बाणगंगा ९ का ‘अनमोल’को उपचारका लागि विदेशमा रहेका नेपालीको आर्थिक सहयोग
साझाकुरा, कपिलवस्तु । जन्मजात आँखाको समस्याले पीडित बालक अनमोल खत्रीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। मलेसियाको पेनाङ राज्यमा कार्यरत वाणगंगा नगरपालिका वडा नम्बर ९ निवासी नेपालीहरूको पहलमा संकलित रु ५१ हजार १४० रुपैँया रकम वडा अध्यक्ष कमल पौडेलमार्फत बालकलाई हस्तान्तरण गरिएको हो।
सहयोग रकम हस्तान्त्रणका क्रममा वडा अध्यक्ष पौडेलले सहयोगदाताहरूको योगदान र लायन्स क्लबको सक्रियतालाई उच्च प्रशंसा गर्दै भने, लायन्स क्लबले यस क्षेत्रमा गरेको सामाजिक कार्य अत्यन्तै प्रेरणादायक छ। यस्ता संस्थाहरूले समाजको विकास र सेवामा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनले थपे लायन्स क्लबका प्रतिनिधिले पनि यस क्षेत्रमा क्लबले सामाजिक सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिदै भविष्यमा थप यस्ता अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरे। यस्तै उनले विदेशमा रहेका नेपालीहरुले आफ्नो पारिश्रमिकबाट रकम जुटाएर गरेको सहयोग अत्यन्तै राम्रो रहेको बताए ।
कार्यक्रममा अभियानकर्ता हिमलाल खनालले बालकको घरको कमजोर आर्थिक अवस्था र आयस्रोतको अभावका कारण यो अभियान सञ्चालन गरिएको जानकारी दिए। यो सहयोगले बालकको उपचारका लागि ठूलो मद्दत पुर्याउनेछ। विदेशमा रहेका दाताहरू प्रति विशेष आभार व्यक्त गर्दछु, उनले भने।
त्यस्तै, जिनुवा टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र बेल्वासेले अनमोलको स्वास्थ्यका लागि गरिएको यस प्रयासले सामुदायिक सहकार्यलाई उदाहरणीय बनाएको बताए।
मलेसिया स्थित पेनाङ राज्य अन्तर्गत ग्रान्ड भेन्चर टेक्नोलोजी (बिएचडी) मा कार्यरत नेपाली कामदारहरु बाट उक्त राहत रकम संकलन गरि अनमोलको लागि पठाइएको हो । बाणगंगा ९ का लिलाराम खनालको नेतृत्वमा राहत सहयोग संकलन गरीएको थियो ।
वर्ष ६ का बालक अनमोल जन्मिदै आँखाँको समस्या देखिएको थियो ।
प्रतिक्रिया