

लगातार दुई दिन घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको कति पुग्यो ?



१२ मंसिर २०८१, काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको भाउ फेरि फेरि उकालो लागेको छ । दुई दिन (सोमबार र मंगलबार) निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य आज (बुधबार) फेरि बढेको हो । नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको मूल्य ओरालो लागेको थियो । आज फेरि बढेको हो । सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ ।
यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो । यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक तोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ कायम भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया