

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्री


१२ मंसिर २०८१, काठमाडौं | पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् ।मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएको हो ।
टिकट खुला भएको दुई दिनमै सबै बिक्री भइसकेको एनपीएलले जनाएको छ । त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १२ हजार रहेको छ । भीआईपी तर्फ २ हजार र सामान्यतर्फ १० हजार दर्शक अटाउँछन् । ‘टिकट चाहिँ हामीसँग भीआइपी र सामान्यतर्फ गरेर करिब १२ हजार जति क्यापिसिटी छ । पहिला खेलको लागि सोल्डआउट नै भइसक्यो,’ क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भने, ‘सिद्धार्थ बैंक जोन छ । जुन हाम्रो टाइटल स्पोन्सर हो । अरु चाहिँ जोन १ जोन २, जोन ३ छुट्याएका छौं । भीआइपी एरिया छ । भीभीआइपी, ओनर्स भन्ने छ ।’


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया