

एनपीएलको ट्रफी अनावरण (तस्बिरहरू)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेका छन् । काठमाडौंको धरहरा परिसरमा सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।
ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए । एनपीएलको पहिलो संस्करण यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तालिका छ ।
प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारणका निम्ति क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग सम्झौता गरेको छ ।
प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।
तस्बिरहरू : न्युज एजेन्सी नेपाल ।









खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया