

कपिलवस्तुमा प्रधानाध्यापक पाण्डेयमाथि सांघातिक आक्रमण: दोषीलाई कडा सजायको माग !





साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ स्थित नेपाल राष्ट्रिय नमुना मा.वि. मुडफुटवाका प्रधानाध्यापक लालचन्द्र पाण्डेण्य माथि आक्रमण भएको छ । विद्यालयबाट घर जाने क्रममा शुद्धोधन गा.पा. लवनी चौराहामा पाण्डेय माथि आक्रमण भएको हो ।
प्रधानाध्यापक पाण्डे माथि मरणासन्न हुने गरि सांघातिक आक्रमण जस्तो जघन्य अपराध गरेको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुले उक्त घट्ना प्रति खेद प्रकट गर्दै घोर भर्त्सना गरेको बताएको छ ।
पाण्डेय एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष समेत रहेको भन्दै उनी माथि भएको उक्त आक्रमण प्रति उक्त संगठनका जिल्ला सचिव नन्दलाल खनाल र इन्चार्ज डोर प्रसाद पौडेलद्धारा आइतबार जारी प्रेस विज्ञप्तिमार्फत दोषीउपर कडा सजायको माग गरिएको छ ।
पाण्डेय माथि आक्रमण गर्ने उक्त घटनामा संलग्न दोषीहरू उपर कडा भन्दा कडा सजायको माग गर्दै निजको सुरक्षाको ग्यारेन्टी समेत गर्न प्रशासन समक्ष जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
यसैबिच उता नेपाल शिक्षक महासंघ कपिलवस्तुले समेत यस घटना प्रति ध्यानाकर्षण भएको बताएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै प्रअ पाण्डेय माथि अज्ञात समूहवाट साङघातिक आक्रमण गरि घाइते बनाइएको घटना प्रति नेपाल शिक्षक मंहासङ्घ जिल्ला कार्य समितिसंगै जिल्लाका सम्पुर्ण आवद्ध ÷ सम्वद्ध संस्थाहरु घोर भर्त्सना प्रकट गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।
विद्यालय जस्तो शान्तिक्षेत्रमा काम गर्ने वातावरणमा मनोवैज्ञानिक त्रास उत्पन्न भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपसी विवाद र असहमतिलाई छलफलका माध्यमवाट समाधान गर्नुको सट्टा अमर्यादित व्यवहार र हातपात गर्नु कुनै पनि अर्थमा राम्रो नठहर्ने हुदा असमझदारीलाई वार्ता र सम्वाद मार्फत समाधान गर्न आग्रह गरिएको छ ।




खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया