

गभर्नरले एक वर्षमा लिए तलब भत्ताबापत करिब ६५ लाख



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्ष कुल ६४ लाख ६२ हजार रुपैयाँ बराबरको तलब, भत्ता तथा अन्य सुविधा लिएका छन् । केन्द्रीय बैंकका गभर्नर अधिकारीले एक वर्षमा करिब ४५ लाख रुपैयाँ बराबरको अन्य भत्ता तथा सुविधासहित सो रकमबराबरको लाभ लिएका हुन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार गभर्नर अधिकारीले १६ लाख ३२ हजार रुपैयाँ तलब र ४८ लाख ३० हजार रुपैयाँ भत्ता तथा सुविधासहित सो रकम बराबरको लाभ लिएका हुन् । अधिकारीले सञ्चालक समितिको बैठकमा सहभागी भएवापत ३ लाख ३३ हजार रुपैयाँ भत्ता बुझेका हुन् ।
राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई प्रतिबैठक ९ हजार रुपैयाँ भत्ता दिइन्छ । साथै इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक र स्वास्थ्य सुविधा पनि दिइएको हुन्छ ।
राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय र अर्थसचिवका साथै ३ जना अन्य सदस्य हुन्छन् ।
गभर्नर अधिकारीले ६४ लाख रुपैयाँभन्दा बढीको तलब, भत्ता तथा सुविधा लिँदा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले ६३ लाख १६ हजार र बम बहादुर मिश्रले ५८ लाख ४६ हजार रुपैयाँ तलब तथा सुविधा लिएका छन् ।
डेपुटी गभर्नर ढुंगानाले त गभर्नर अधिकारीको भन्दा बढीको सुविधा लिएकी छन् ।
ढुंगानाले ४५ लाख ५८ हजार रुपैयाँको सुविधा लिएकामा अधिकारीले मात्रै ४४ लाख ९७ हजार रुपैयाँको सुविधा लिएका छन् । ढुंगानाले बोर्डमा सहभागी भएवापत २ लाख ९७ हजार रुपैयाँ भत्ता बुझेकी छन् ।
उनको वार्षिक तलब १४ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यसैगरी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको तलब १४ लाख ६० हजार हुँदा वर्षभर ४३ लाख ८५ हजाररुपैयाँ बराबरको कुल भत्ता तथा सुविधा लिएका छन् । उनले सञ्चालक समितिमा उपस्थित भएवापत ३ लाख १५ हजार रुपैयाँ भत्ता बुझेका छन् ।
यस आधारमा अधिकारी ३७ वटा बोर्ड बैठकमा उपस्थित हुँदा ढुंगााना ३५ र मिश्र ३३ वटामा उपस्थित भएका छन् ।

यता अर्थ मन्त्रालयका सचिवको रुपमा अर्जुनप्रसाद पोखरेलले १ लाख ३७ हजार रुपैयाँ बराबरको भत्ता तथा सुविधा लिएका छन् । अरु पूर्व अर्थसचिवद्वय डा. कृष्णहरी पुष्कर र मधुकुमार मरासिनीले भत्ता तथा सुविधावापत ३ लाख ८१ हजार र १ लाख ३९ हजार रुपैयाँबराबरको लाभ लिएका छन् । उनीहरु क्रमशः ६, १९ र ७ बोर्ड बैठकमा सहभागी भएका छन् ।
अन्य सञ्चालकहरु चिन्तामणी शिवाकोटी, डा. शंकर प्रसाद आचार्य र डा. रवीन्द्रप्रसाद पाण्डेले पनि भत्ता तथा सुविधावापत क्रमशः ११ लाख ९७ हजार, १४ लाख १ हजार र ११ लाख ८६ हजार रुपैयाँ बराबरको लाभ लिएका छन् । उनीहरु क्रमशः ३६, ३२ र ३७ बोर्ड बैठकमा उपस्थित भएको देखिएको छ ।
यस आधारमा सबै बोर्ड बैठकमा उपस्थित हुने सञ्चालकहरु गभर्नर अधिकारी र डा. पाण्डेमात्र रहेका छन् ।
clickmandu बाट साभार


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया