
८ दिनमा पूर्णबहादुरको सारङ्गी’ले कमायो ११ करोड बढी

‘काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको आठ दिन बिहीबारसम्म देशव्यापी ११ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शुक्रबार फिल्मको कमाइ सार्वजनिक गरेको छ ।
फिल्मको उक्त कुल कारोबारमा ९ करोड ५० लाख रुपैयाँ नेट र ४ करोड ७५ लाख रुपैयाँ निर्मातालाई सेयर हुन आउँछ । ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले दोस्रो साता फिल्मको कमाइमा अझै बढोत्तरी हुने प्रक्षेपण आफूले गरेको बताए ।
बिहीबार फिल्मले २ करोड ८५ लाख ग्रस कमाएको छ । उनका अनुसार आज ९शुक्रबार० देशव्यापी साढे २ करोड र शनिबार ३ करोड माथि कलेक्सन हुने प्रक्षेपण छ । यदि यसो हो भने दोस्रो सप्ताहन्तसम्म फिल्मको कमाइ ग्रस १६ करोड नाघ्न सक्छ ।
व्यापार बढेसँगै फिल्मको शो संख्यामा पनि वृद्धि भएर देशभर ४०० पुगेको राठीले जानकारी दिए । विजय बराल स्टारर फिल्मले अहिले काठमाडौं उपत्यका र उपत्यकाबाहिर आक्रामक कमाइ गरिरहेको छ । यो गति कायम रहे फिल्मले अहिलेका सबै कीर्तिमान तोड्न सक्ने अनुमान वितरकहरुको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया