नेवार समुदायले मनाए नेपाल सम्वत

नेपाल संवत्‌को स्वागतमा नेवार समुदायले देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । सांस्कृतिक पहिरनसहित र्‍यालीसहित नेपाल संवत् ११४५ मनाइएको हो ।

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को सुरुआत गराएकाका थिए। पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्‌को मान्यता पाएको थियो ।

यसैबीच बुटवल तथा तिलोत्तमाका विभिन्न ठाउँमा नेपाल सम्वतको अवसरमा साँस्कृतिक कार्यक्रमसहित पर्व मनाइनुका साथै नेपाली पात्रो समेत विमोचन गरिएको छ । नेपाल सम्वत सबै नेपालीको साझा सम्बतका रुपमा चिनाउने गरि नेवा देय दबु नगर समिति बुटवलको मुल आयोजनामा बुटवलका १० वटा खलपुचहरुले शुक्रबार साँझ मोटर साइकल र्यालीको आयोजना गरेका थिए भने आज शनिबार नेपाल सम्वतको क्यालेन्डर बिमोचन गरेका छन् । 

समितिका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार काठमाडौं बाहिर पहिलोपटक नेपाल सम्वतको क्यालेन्डर बिमोचन गरिएको छ । बुटवलमा रहेर नेवार समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा दे दबुको संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मान समेत गरिएको छ । कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्धो नेवा समाज (बुटवल-१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवा समाज १ र २, नेवा समाज अर्घाखाँची रुपन्देहीसहित एक दर्जन बढी यस क्षेत्रका खलपुचहरुले संयुक्त रुपमा कार्यक्रम गरी मनाएका छन् ।

नेवा सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल सम्वत सबै नेपालीको साझा सम्वतको रुपमा पहिचान भएको उल्लेख गरे । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । 

nepal sambat tilottama
newar parba
newar ryali
newar samudaya
newari baja
newari nach
newar samudaya1

प्रतिक्रिया