

प्युठानको दम्ती सबस्टेसन सञ्चालन



प्युठान । नेपाल विद्युत् प्राधिकरणले प्युठानको दम्तीमा निर्माण गरेको सबस्टेसन सञ्चालनमा आएको छ ।
आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन यही कात्तिक १४ गतेदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए ।
दासका अनुसार सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा विद्युत् आपूर्ति गरिएको छ । यसबाट करिब ३२ हजार घरधुरी लाभान्वित हुने उनको भनाइ छ ।
उहाँले भने, ‘अब जुम्रीबाट ३३ केभीबाट दम्ती सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’
प्राधिकरण र त्रिपुरेश्वर जय दुर्गे जेभीबीच ५ करोड ३६ लाख ६० हजार ६८२ रुपैयाँमा २०७४ जेठ १७ गते सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो ।
तर, ‘स्थानीयले काममा अवरोध गरेको’ भन्दै निर्माण कम्पनीले काम रोकेपछि सबस्टेसनको काम अलपत्र परेको थियो । प्राधिकरणले निर्माण कम्पनीसँग सम्झौता तोडेर काम अघि बढाएपछि सबस्टेसन सञ्चालनमा आएको हो ।
जिल्लाका ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी–१ को स्याउलीबाङ र गौमुखी–३ को खराबाहेक सबै स्थानमा विद्युत् लाइन पुगेको प्राधिकरणले जनाएको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये ४४ हजार घरधुरीमा विद्युत् पुगेको छ । आउँदो पुस महिनाभित्र प्युठान जिल्लाका सबै घरमा बिजुली पुग्ने प्राधिकरणले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया