१७ जिल्लाका सिडीओको सरुवा,को कहाँ ?

काठमाडौं : गृहमन्त्रालयले १८ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ।  प्रमुख जिल्ला अधिकारीहरूसँगै सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरूको पनि सरुवा भएको छ।

गृहले विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको समेत सरुवा गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सा पठाइएको छ।

यसैगरी सहसचिव बासुदेव घिमिरेलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। सहसचिव लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको गृहमन्त्रालयले जनाएको छ।

null
null

प्रतिक्रिया