

अमृते सामुदायिक वनद्धारा किसानलाई गड्यौला मल र जिंक पाउडर वितरण


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ स्थित अमृते सामुदायिक वनले किसानहरुलाई मल वितरण गरेको छ । शुक्रबार सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त मल वितरण गरिएको वनका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिए ।
सामुदायिक वनले खासगरी किसानहरुको खेतको माटोको उर्वरा शक्ति बढाउनका लागि र कृषि उत्पादनलाई राम्रो बनाउनका लागि गड्यौला मल, भुमि गोल्ड जिंक प्लस पाउडर र भुमि केयर माटो सुधारक पाउडर वितरण गरेको वनका अध्यक्ष पौडेलले बताए । प्रति किसान ५ के.जि गड्यौला मल, एकएक प्याकेट भुमि गोल्ड जिंक प्लस पाउडर र भुमि केयर माटो सुधारक पाउडर किसानलाई निशुल्क प्रदान गरिएको हो ।
अमृते सामुदायिक वन उपभोक्ता समुहमा हाल ३ सय उपभोक्ता किसान आबद्ध छन् । सामुदायिक वनले सबै किसानलाई मल वितरण गरेको हो । माटोको उर्वरा शक्तिमा सुधार ल्याउन र उत्पदानलाई वृद्धि गर्ने उद्धेश्यले सामुदायिक वनले यो कार्यक्रम योजनामा राखेअनुसारले काम गरेको वन कार्यसमितिले जनाएको छ ।

खासगरी यतिबेला किसानहरुले हिउँदे बाली लगाउने तयारी गरिरहेका छन भने हिउँदे तरकारी लगाउने समयमा छन् । यतिबेला सामुदायिक वनले वितरण गरेको मलले आफूहरुलाई राम्रो फाइदा हुने किसानहरुले समेत बताएका छन् ।
यसैबिच अमृते सामुदायिक वनले किसानहरुको सुविधाका लागि यसपटक धान काट्ने् आधुनिक मेसिन समेत खरिद गरी संचालनमा ल्याएको छ । २ लाख बढी मुल्यको धान काट्ने हाते मेसिन खरिद गरि यसपटक किसानका खेतमा संचालन गरिएको वनका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिए । परम्परागत तरिकाले धान काटीरहेका किसानहरुलाई यसपटक मेसिनको प्रयोगले छिटो र सजिलोसँग धान बाली काट्न सहयोग पुगेको उनको भनाइ समेत छ । सामुदायिक वनले खरिद गरी संचालन गरेको उक्त मेसिन हाल सामुदायिक वन उपभोक्ता सदस्यहरुले उपभोग गर्न पाइरहेका छन् ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया