अमृते सामुदायिक वनद्धारा किसानलाई गड्यौला मल र जिंक पाउडर वितरण

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ स्थित अमृते सामुदायिक वनले किसानहरुलाई मल वितरण गरेको छ । शुक्रबार सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त मल वितरण गरिएको वनका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिए ।

सामुदायिक वनले खासगरी किसानहरुको खेतको माटोको उर्वरा शक्ति बढाउनका लागि र कृषि उत्पादनलाई राम्रो बनाउनका लागि गड्यौला मल, भुमि गोल्ड जिंक प्लस पाउडर र भुमि केयर माटो सुधारक पाउडर वितरण गरेको वनका अध्यक्ष पौडेलले बताए । प्रति किसान ५ के.जि गड्यौला मल, एकएक प्याकेट भुमि गोल्ड जिंक प्लस पाउडर र भुमि केयर माटो सुधारक पाउडर किसानलाई निशुल्क प्रदान गरिएको हो ।

अमृते सामुदायिक वन उपभोक्ता समुहमा हाल ३ सय उपभोक्ता किसान आबद्ध छन् । सामुदायिक वनले सबै किसानलाई मल वितरण गरेको हो । माटोको उर्वरा शक्तिमा सुधार ल्याउन र उत्पदानलाई वृद्धि गर्ने उद्धेश्यले सामुदायिक वनले यो कार्यक्रम योजनामा राखेअनुसारले काम गरेको वन कार्यसमितिले जनाएको छ ।

खासगरी यतिबेला किसानहरुले हिउँदे बाली लगाउने तयारी गरिरहेका छन भने हिउँदे तरकारी लगाउने समयमा छन् । यतिबेला सामुदायिक वनले वितरण गरेको मलले आफूहरुलाई राम्रो फाइदा हुने किसानहरुले समेत बताएका छन् ।

यसैबिच अमृते सामुदायिक वनले किसानहरुको सुविधाका लागि यसपटक धान काट्ने् आधुनिक मेसिन समेत खरिद गरी संचालनमा ल्याएको छ । २ लाख बढी मुल्यको धान काट्ने हाते मेसिन खरिद गरि यसपटक किसानका खेतमा संचालन गरिएको वनका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिए । परम्परागत तरिकाले धान काटीरहेका किसानहरुलाई यसपटक मेसिनको प्रयोगले छिटो र सजिलोसँग धान बाली काट्न सहयोग पुगेको उनको भनाइ समेत छ । सामुदायिक वनले खरिद गरी संचालन गरेको उक्त मेसिन हाल सामुदायिक वन उपभोक्ता सदस्यहरुले उपभोग गर्न पाइरहेका छन् ।

प्रतिक्रिया