



लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए शपथ, बन्यो ११ सदस्यीय मन्त्रिमण्डल

बुटवल । लुम्बिनी प्रदेशमा हिजो बुधबार नियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।
तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।
कांग्रेस र एमालेका ५६ जना सांसदको हस्तक्षरमा साउन ७ गते नेकपा एमाले संसदीय दलका तत्कालीन उपनेता (हाल नेता) चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।
पहिलोपटक मन्त्रिपरिषद् गठन गर्दा नेपाली कांग्रेसबाट प्रमुख सचेतक तिमिल्सेनाको नेतृत्वमा सरकारमा जाने तयारी थियो । तर, सपथ ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका तिमिल्सेनाको नाम मन्त्रीको सूचिबाट हटाइएपछि उनी असन्तुष्ट बनेका थिए ।
पार्टीभित्रको असन्तुष्टिकै कारण लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । १२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना नयां मन्त्री थपिएसंगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ ।
युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हालेका छन् । मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना र कांग्रेसबाट पनि ५ जना मन्त्री पुगेका छन् ।
कांग्रेसबाट मन्त्रिपरिषद्मा महिलालाई सहभागी नगराइएको भन्दै असन्तुष्टि छ । महिलालाई मन्त्रीपरिषद्मा स्थान दिइनुपर्छ भन्ने माग राख्दै आएकी सांसद निमा गिरीले सचेतक पदबाट कार्यव्यस्तताको कारण भन्दै राजीनामा दिएकी छन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायतको सहभागिता थियो ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया