

आईफोन १६ प्रोमा आफैं रिस्टार्ट हुने समस्या


काठमाडौं । आईफोन १६ प्रो मोडेलमा आफैं रिस्टार्ट हुने समस्या देखिएको छ । सामाजिक सञ्जाल रेडिट र एप्पल सपोर्ट कम्युनिटीमा पोस्ट राख्दै प्रयोगकर्ताले फोन एक्कासि रिस्टार्ट हुने गरेको गुनासो गरेका हुन् । आईओएस १८ अपडेट गरेपछि यस्तो समस्या देखिएको बताइएको छ ।
केही प्रयोगकर्ताका अनुसार आईफोन १६ प्रो र प्रो म्याक्स आफैं रिबुट हुनुअघि फोनको स्क्रिन मधुरो हुन्छ, टच हुन छोड्छ र एक्कासि रिस्टार्ट हुन्छ । केही प्रयोगकर्ताले फोन अनलक गर्दा सोझै फेस आईडी प्रयोग गर्ने प्रयास गरे । तर, पिन राख्न भनेपछि फोन आफैं रिस्टार्ट भएको पहिचान गरेका छन् ।
केही प्रयोगकर्ताले डिभाइसमा यो समस्या देखिएपछि फोन रिप्लेस पनि गरे । तर, नयाँ फोनमा पनि त्यही समस्या देखिएको उनीहरूले उल्लेख गरेका छन् । आईफोन १६ प्लस र बेस भेरियन्टमा भने यस्तो समस्या नदेखिएको बताइएको छ ।
केही प्रयोगकर्ताले दिनमा १० देखि २० पटकसम्म फोन आफैं रिस्टार्ट हुने गरेको जनाएका छन् ।
एप्पलले आईओएस १८.१ भर्सनमा यो समस्या समाधान गरेको उल्लेख गरेको छ । यद्यपि सुरुवाती चरणमा डेभलपरले मात्रै यो अपडेट प्रयोग गर्न पाउनेछन् । आगामी साता सार्वजनिक हुने आईओएस १८.१ अपडेटमा यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
-टेकपानाबाट साभार


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया