

कपिलवस्तुमा स्रोत नखुलेको बीस लाख बढी भारतीय नोटसहित दुईजना पक्राउ


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर स्थित लिंकगेट प्रहरीले स्रोत नखुलेको २० लाख बढी भारतीय नोटसहित दुईजनालाई पक्राउ गरेको छ । बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको प्रहरीले जनाएको छ ।
सोमवार साझ आठ बजे तिर कृष्णनगर नगरपालिका २ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको युपि ४५ एएस ६६६३ र युपि ४२ डिटी ५७२१ नम्बरका भाडाका गाडिहरु चेकजाँच गर्दा युपि ४५ एएस ६६६३ नम्बरको गाडिमा सवार भई आएका भारतको महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३३ को सलमान कुरेसियाको झोलामा रहेको नगद भा.रु ८ लाख फेला पारेको थियो । यस्तै चेकजाँचका क्रममा अर्को युपि ४२ डिटी ५७२१ नम्बरको भाडाको गाडिमा सवार भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३९ का उमेश सखाराम खंडागलेको झोलाबाट नगद भारु. १२ लाख ५० हजार प्रहरीले बरामद गरेको हो ।
उनीहरुको साथबाट जम्मा भारतीय रुपयां २० लाख ५० हजार फेला पारी उक्त रकमसहित दुबैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले जानकारी दिएका छन्।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया