

बामदेव गौतम भन्छन्, ‘आफ्नै बुद्धि कमजोर हुँदा नेकपा एमालेबाट बाहिर बस्नु पर्यो ‘



राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर हुँदा नेकपा एमालेबाट बाहिर बस्नु परेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिए पनि आफ्नै बुद्धि कमजोर भएकाले पार्टी बाहिर बस्नु परेको प्रतिक्रिया दिएका हुन् । उनले एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गरे ।
गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकीर गरे ।
उनले पहिरोमा परी त्रिशुलीमा दुई वटा बस बगाएपछि आफूले राष्ट्रियसभा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिए पनि सरकारले नसुनेको बताए । विश्वका क्षमतावान विज्ञहरुलाई बोलाएर पहिरोका बारेमा पूर्ण मूल्याङ्कन र पहिरो रोकथाम गर्न आफूले यसअघि सुझाव दिएको उनले बताए ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया