

पहिरो पन्छाइएन, भित्तो समाउँदै हिँड्नुपर्ने बाध्यता



पाल्पा । पाल्पाको एउटा गाउँमा पहिरो गएको दुई साता बित्दासम्म पहिरो नपन्छाइँदा चार वडाका बासिन्दा प्रत्यक्ष मारमा परेका छन् । सो बाटो भएर यात्रा गर्ने दशैंका यात्रुहरुले पनि सास्ती खेपे ।
असोज १२ गतेको अविरल वर्षासँगै बगनासकाली गाउँपालिका वडा नं. ५ को दर्लमडाडाँमा खसेको पहिरो अहिलेसम्म पनि नपन्छाइँदा आउ–जाउ ठप्प भएको हो । पहिरोका कारण दर्लमडाँडासँगै वडा नं.४ को गुडुवाखोला र मलेङ्ग वडा नंं. ३ को आफर र पाखन्दी, वडा नंं. ९ को बझादीलगायतका गाउँका बासिन्दा समस्यामा परेका हुन् ।
ठूलो पहिरो खसेकाले पैदल यात्रासमेत कठिन भएको बगनासकाली ५ का स्थानीय तुल्सिराम कोइरालाले बताए । ‘खोला किनारमा खेत छ । दैनिकजसो खेतमा आउन–जान यही बाटो प्रयोग गर्ने हो,’ कोइरालाले भने, ‘बाटोमा पहिरो झरेदेखि ढिकमा उक्लिएर जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।’ स्थानीय सरकारले समयमा पहिरो पन्छाउने सुरसार नगर्दा दुई सातादेखि सास्ती खेप्नु परेको उनले बताए ।
चार वडाका स्थानीयले खेतीपाती गर्न, घासदाउँरा गर्न विद्यालय आउ–जाउ गर्न र अन्य अत्यावश्यक कामका लागि हिँडडुल गर्न प्रयोग गर्ने यो मुख्य सडक हो ।
पहिरो पन्छाउनका लागि समयमा पहल नगर्दा दशैंका बेलामा पनि दुःख पाएको अर्का स्थानीय कुल प्रसाद पौडेलले बताए । ‘वैकल्पिक सडक भए पनि कम्तीमा एक घण्टा बढी यात्रा गर्नुपर्ने बाध्यताले दुःख हुन्छ,’ उनले भने ।
सडकको माथिल्लो भागदेखि तल्लो भागको खोला किनारसम्म पहिरो खसेको हुँदा खेतबारीमा जान र अत्यावश्यक कामका लागि सदरमुकामको यात्रा गर्न परेमा घण्टौं लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको ती वडाका स्थानीयले बताएका छन् ।
बगनासकाली गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गैरेले असोजको २० गतेसम्म पनि पहिरो खसेको जानकारी नपाउँदा पहिरो पन्छाउन ढिलो भएको बताए । ‘स्थानीय साथीहरुले ढिलो खबर गर्दा पहिरो पन्छाउन ढिलो भयो,’ उनले भने, ‘सप्तमीको दिन पहिरो पन्छाउन स्काभेटर पठाए पनि काम नगरी अप्रेटर फर्कियो । त्यसैले पर्वका बेला यात्रा गर्न स्थानीयलाई समस्या भएको छ ।’
दशैंका बेला स्काभेटर चलाउने अप्रेटर नपाइएकाले अब पूर्णिमा पछिमात्रै पहिरो पन्छाउने काम गरिने पनि वडाध्यक्ष गैरेले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया