

बालबालिकालाई दिइने गृहकार्य – एक विमर्श


कृष्ण के.सी | सुन्दर जीवन सुरुवात गर्ने बालबालिका जुन कुनै विषय सिक्न सघन अभिरुचि राख्छन्। संसारका रमणीय कुरा सिक्न उनीहरु आफूलाई अनुशिलनमा आबद्ध राखि राख्छन् । उनीहरुले सिकेका ज्ञानलाई केहि अवस्थामा उस्तै र केहिमा परिवेश र समय सन्दर्भ अनुसार व्यवहारिक जीवन – रुपान्तरणमा आफूलाई अभ्यस्त एवं प्रयासरत रहन्छन् ।
उनीहरुमा समग्र असल गुण र व्यक्तित्व विकासका लागि तथा सन्तुलित आकार लिने आधार, समय र प्रकृयाको महत्वबोधमा पनि क्रमशः समाहित हुदै जान्छन । हामी – शिक्षक अभिभावकले उनीहरुको विकास र – रुपान्तरणका लागि सृजना गरिदिएको बातावरणमा उनीहरु आफ्नो सुनिश्चित भविष्य खोजीरहेका हुन्छन् । बालबालिकालाई हामी सघन दृष्टिगोचर गर्दा उनीहरुमा जहिले पनि सृजनाका द्धार खुल्ला रहेको पाउँछौं। बालवालिका हाम्रा समिपका आदर्श, अगाध स्नेह र भरोसाका अनुपम कोशेली पनि हुन् । यिनीहरुको समग्र उन्नयनमा हाम्रा प्रवल उत्साह निरन्तर रहिरहन्छन् ।
पाठ्यक्रमले सिकाइका निम्ति निर्दिष्ट गरेका स्थिर विषयवस्तुलाई बालबालिकाले वास्तविक जीवनमा अनुभूत गर्ने शैली रुपान्तरण गर्दै सिकाईका वस्तुनिष्ठ आयामलाई सिकाइ कक्षाकोठामा गरिने क्रियाकलाप, कक्षाकार्य, गृहकार्य, परीक्षा– निरन्तर मुल्याङ्कन गर्ने गरिन्छ । यिनै आधार र मापनबाट बालबालिकाको गुण विकास पनि खोजि गरिन्छ ।
शिक्षक एवम् अभिभावकले आफ्ना विद्यार्थी र सन्तानलाई सकारात्मक प्रभाव र सुमार्ग निर्देशनका लागि गरिने हरेक प्रयास जरूर महान छन् । हामी शिक्षक – अभिभावक तथा शैक्षिक सरोकार पक्षले उनीहरुको समग्र विकासका लागि गरिने चासो, चिन्ता स्वभावजनिन छन् । हामी–बालबालिकालाई केवल रित्तो बुझ्नु हुँदैन । जसका लागि हामी मात्र ज्ञान, गुण भरिदिउँ । हाम्रो बुझाई त उनीहरुमा निहित आर्गनिक ज्ञान, गुण र प्रतिभाका बिजलाई अंकुरण सङ्ग, पुष्पन गराउन आवश्यक वातावरणको तयारी र व्यवस्थापन हो।
हाल सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा प्रसारित – बालबालिकालाई पर्वका लामो विदामा दिइने विषयगत गृहकार्यका ब्यापक चर्चा, विमर्श, विषय सन्दर्भलाई मनन गर्दा; बालबालिकालाई केवल निर्देशन, उपदेश र आदेश पालनाका पात्रका रुपमा नबुझि, आफ्ना कर्म, कर्तब्य निर्वाह गराउदा उनीेहरुका– आफ्ना रुची जिज्ञासा र जीवनका केही धेरै– थोरै सङ्गालेका अनुभव, चिन्तन, उत्सुकता र केही अभिनव सोचलाई अभिब्यक्त हुने शैली र प्रकारका गृहकार्यका अवसर सृजना – गराई उनीहरुका आफ्ना प्रतिभा प्रस्फुटनमा स्वच्छन्द निर्णय लिने वातावरण कायम गर्न सकियो भने, हामीले गरेका केही अपेक्षा सार्थक हुने सन्दर्भ पुष्टि गर्न सकिन्छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया