

घटस्थापनासँगै गाउँघरमा दशैँको रौनकता (फोटोफिचर)



साझाकुरा,भलवाड | यस वर्षको बडादशैँ आजदेखि शुरू भएसँगै गाउँघरमा दशैँको रौनक समेत सुरु भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदैँ छ भने स्थानीय दुर्गा भगवतीका मठ मन्दिरको सरसफाई गरी विधिपुर्वक घटस्थापनाको कार्य पनि भइरहेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित दर्गा मन्दिर समितिले मन्दिरमा घटस्थापनासँगै गाउँटोलको सरसफाइ समेत गरेको छ भने युवाहरुले दशैँको रौनकको रुपमा रहेको लिंगे पिङ समेत राखेका छन् ।
शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने आजको दिनलाई दशैँको विशेष दिनका रुपमा समेत लिने गरीन्छ । गाउँटोलको भव्य सरसफाईँ सँगै टाढाटाढाबाट दशैँ मनाउन घर फर्किएका साथीभाइहरुका बिचमा भलाकुसारीसहितको आत्मिएता साटासाट समेत हुने गर्दछ ।
यतिबेला किसानका खेतमा वर्ष मुख्यबाली धानका बाला लहलह झुलेका छन् भने वातावरणमा वर्षायाम सकिएर शरद ऋतुको आगमनले तिहारका लागि फुल्दै गरेका फूलहरुमा रङ्गिबिरङ्गी पुतलीहरुको आगमनले थप सौन्दर्यता बढाएको छ ।
(फोटोफिचर)










खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया