घटस्थापनासँगै गाउँघरमा दशैँको रौनकता (फोटोफिचर)

साझाकुरा,भलवाड | यस वर्षको बडादशैँ आजदेखि शुरू भएसँगै गाउँघरमा दशैँको रौनक समेत सुरु भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदैँ छ भने स्थानीय दुर्गा भगवतीका मठ मन्दिरको सरसफाई गरी विधिपुर्वक घटस्थापनाको कार्य पनि भइरहेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित दर्गा मन्दिर समितिले मन्दिरमा घटस्थापनासँगै गाउँटोलको सरसफाइ समेत गरेको छ भने युवाहरुले दशैँको रौनकको रुपमा रहेको लिंगे पिङ समेत राखेका छन् ।

शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने आजको दिनलाई दशैँको विशेष दिनका रुपमा समेत लिने गरीन्छ । गाउँटोलको भव्य सरसफाईँ सँगै टाढाटाढाबाट दशैँ मनाउन घर फर्किएका साथीभाइहरुका बिचमा भलाकुसारीसहितको आत्मिएता साटासाट समेत हुने गर्दछ ।

यतिबेला किसानका खेतमा वर्ष मुख्यबाली धानका बाला लहलह झुलेका छन् भने वातावरणमा वर्षायाम सकिएर शरद ऋतुको आगमनले तिहारका लागि फुल्दै गरेका फूलहरुमा रङ्गिबिरङ्गी पुतलीहरुको आगमनले थप सौन्दर्यता बढाएको छ ।

(फोटोफिचर)

प्रतिक्रिया