
बाणगंगा ९ मा साहारा युवा क्लवद्धारा वडा स्तरीय रेबिज बिरुद्धको भ्याक्सिन अभियान सम्पन्न

साझाकुरा, भलवाड । कपिलवस्तुको बाणगंगामा रेबिज बिरुद्धको भ्याक्सिन अभियान संचालन गरिएको छ । मंगलबार बाणग्ांगा नगरपालिका वडा नम्बर ९ भलवाडमा रेबिज रोग बिरुद्ध युवाहरुको सक्रियतामा वडा स्तरमै भ्याक्सिन अभियान संचालन गरिएको हो ।
वडा नम्बर ९ स्थित साहरा युवा क्वलले बाणगंगा नगरपालिका र वडा नम्बर ९ को वडा कार्यालयसँगको समन्वयमा यो अभियान संचालन गरेको क्लवले साझाकुरालाई जानकारी दिएको छ । खासगरी कुकुरको टोकाइबाट लाग्ने रोबिज रोग बिरुद्ध युवाहरुले समुदाय स्तरमा नै पुगेर वडा भित्र पालिएका र छाडा छोडिएका कुकुरलाई रेबिज खोप लगाएका हुन ।
उक्त कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल र उप मेयर रिता चौधरीसहित वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, वडा सदस्य चुरामणी अर्याल लगाएतको सहभागिता थियो । पशु चिकित्सकहरुको सहभागितामा खोप लगाइएको सहारा युवा क्लव भलवाडले बताएको छ ।
विश्व रेबिज रोग बिरुद्धको दिवसको अवसरमा आयोजना गरीएको यो कार्यक्रम केही दिन अघिको वर्षातका कारण पछि साएिको थियो ।
सम्पन्न अभियान अन्र्तगत वडा नम्बर ९ भित्रका १२५ भन्दा बढी कुकुरलाई रेबिज भ्याक्सिन लगाइएको क्लवका सदस्य बुद्ध रायमाझीले जानकारी दिएका छन् ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया