

यस पटकको दसैँमा फरक पहिचान दिदै लायन्स कपिलवस्तु


कपिलवस्तु : पछिल्लो दुई वर्ष २०७९ र ८० मा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोपगता गरेर नेपाल सहित लायन्सको क्षेत्रमा तहल्का मच्चाएको लायन्स क्लव अफ कपिलवस्तुले यस पटकको दसौँमा भने फरक स्वाद पस्किने भएको छ ।
लायन्स क्लब अफ कपिलवस्तुले यस पटकको दसौँमा एक नयाँ र रमाइलो प्रतियोगिता ल्याउने योजना बनाएको छ। पाउन्ड क्रस उथ रोप (Pond cross with Rope) नामक प्रतियोगिता आयोजनाको लक्ष्य साथ सहकार्य गदै आएका सदस्यहरूको प्रतिभा र समर्पणलाई उजागर गर्नेछ। पूर्व अध्यक्ष राम शुभागे थारुको संयोजनमा यो प्रतियोगिता राजापानि सामुदायिक वन क्षेत्रभित्र आयोजना हुनेछ, र यसको विस्तृत जानकारी चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ। क्लबले यसका लागि विभिन्न उपसमिति र संघसंस्थासँग समन्वय गरिरहेको छ।

लायन्स क्लब अफ कपिलवस्तुको पाउन्ड क्रस उथ रोप प्रतियोगिता विशेष गरी सामुदायिक विकास र पर्यावरण संरक्षणको लागि आयोजना गरिएको हो। यसले स्थानीय प्रतिभाहरूलाई उत्साहित गर्ने, सामाजिक सञ्जाललाई मजबुत बनाउने, र युवा पीढीमा खेल र प्रतिस्पर्धाको भावना जगाउने लक्ष्य राखेको छ । प्रतियोगिता सँगै विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि हुनेछन्, जसले स्थानीय समुदायलाई एकत्रित गर्ने अवसर प्रदान गर्ने लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले बताएका छन् ।
जिल्लामा पर्यटन प्रवर्द्धनका साथै अटिजम र लागू पदार्थ दुर्व्यसन विरूद्ध जनचेतना जगाउने उद्देश्यले एक विशेष प्रतियोगिता आयोजना गरिने भएको छ। क्लबका अध्यक्ष घिमिरेले बताएअनुसार, यस प्रतियोगिताको मुख्य उद्देश्य जिल्लाको पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्नु र स्थानीय तथा राष्ट्रिय स्तरमा पर्यटकीय आकर्षणमा वृद्धि गर्नु हो। साथै, यो प्रतियोगिता अटिजमसम्बन्धी जनचेतना फैलाउने एउटा महत्वपूर्ण अवसर हुनेछ, जसले गर्दा अटिजम भएका व्यक्तिहरूप्रति समाजमा सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्याउनेछ।
लागू पदार्थ दुर्व्यसन विरूद्धको अभियानमा समेत यो प्रतियोगिता महत्वपूर्ण रहनेछ। दुर्व्यसनले समाजमा पार्ने नकारात्मक असरहरूलाई उजागर गर्दै, युवाहरूलाई यसबाट टाढा राख्नका लागि यो कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने क्लवका अध्यक्ष घिमिरेले बताएका छन् ।
प्रतियोगिता असोज २३ गते आयोजना हुनेछ ।
अब छिटो नै पत्रकार सम्मेलन गरी प्रतियोगिताको पुणर् जानकारी , पुरस्कार राशी, प्रतियोगिताका नियमहरु सहतिका जानकारी दिने क्लवका मिडिया संयोजक नवराज बेल्वासेले बताएका छन् ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया