

पाल्पादेखि काठमाडौँका लागि छुटेको बस सम्पर्कविहिन


पाल्पा । पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो ।
अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेको बसधनी विमल अर्यालले जानकारी गराए ।
बसका चालक र सहचालक शुक्रबार मध्यरातदेखि बसका स्टाफसँग सम्पर्क हुन नसकेको अर्यालले बताए ।
‘चालकसहित तीनै जना स्टाफको मोबाइल अफ छ । गाडी भेटिएको छैन,’ अर्यालले भने,‘काठमाडौंमा सबैतिर सम्पर्क गरें गाडी नआएको जानकारी गराएका छन् ।’
मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको अर्यालले जानकारी गराए ।
अर्यालका अनुसार बसमा १८ देखि २० जना यात्रु रहेका थिए । उक्त बसका यात्रुहरुसँग पनि सम्पर्क हुन सकेको छैन । ‘यात्रुका आफन्तले फोन गर्नुभएको थियो । मेरो पनि सम्पर्क नभएको उहाँहरुलाई बताएँ,’ अर्यालले भने ।
निरन्तरको वर्षाले पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोले पुरिएको गाडीबाट सुरक्षाकर्मीले आइतबार मात्रै १५ शव निकालेको छन् ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया