

दाङमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु



बुटवल : पश्चिमबाट आउँदै गरेको ट्रकले दाङको भालुबाङस्थित पुल्चोक तीनकुनेमा पैदलयात्रीलाई ठक्करबाट एक परुषको मृत्यु भएपछि विहानैदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार विहान साढे ८ बजेदेखि राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् ।
पश्चिमबाट आउँदै गरेको सुदूरपश्चि प्रदेश ०१-००१ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिँदा राप्ती गाउँपालिका-१ का स्थानीय व्यापारी ५० वर्षीय लोकप्रसाद भट्टराईको ज्यान गएको थियो । घटनापछि दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको मागसहित शव सडकमै राखेर स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । ट्रक र चालकलाई अस्थाई प्रहरी पोष्ट कालकाटेमा नियन्त्रणमा लिई राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । सडक खुलाउनका लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
विहान करिब ८ः१५ बजेको समयमा बाटो क्रस गर्ने क्रममा स्थानीय व्यापारी भट्टराईलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै आक्रोसित भएका स्थानीय विहान साढे ८ बजेदेखिनै सडक अवरुद्ध पार्दा उक्त सडक हुँदै गुड्ने सवारी तथा यात्रुहरु अलपत्र परेका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया