

साथीको प्रभावः “एक परिवर्तन”



समिर भण्डारी | राम र श्याम दुई मिल्ने साथी थिए, जो सँगै पढ्थे र सधैंजसो भेट्थे। उनीहरूको जीवनशैली उस्तै थियो, तर खर्च गर्ने बानी भने बिल्कुलै फरक। राम सँधै फजुल खर्च गर्थ्यो, उसलाई पैसा जोगाउने कुरामा खासै ध्यान थिएन। नयाँ लुगा, महँगा जुत्ता, बाहिर खाना खाने र साथीसँग घुम्न जाने बानीले रामको पैसा छिट्टै सकिन्थ्यो। ऊ प्रायः महिनाको अन्त्यतिर आर्थिक समस्यामा पथ्र्यो।
श्याम भने बिल्कुल फरक स्वभावको थियो। ऊ सँधै योजनाबद्ध खर्च गर्थ्यो र अनावश्यक खर्चबाट टाढा रहन्थ्यो। श्यामले बचतको महत्त्व रामलाई धेरैपटक सम्झायो, तर रामले गम्भीरतापूर्वक लिएन । उसको भनाइ थियो, “जिन्दगी एकपटक मात्र पाइन्छ, मजा लिनुपर्छ।“
तर, एकदिन रामलाई ठुलो समस्या पर्यो। उसले केही दिनअघि एउटा महँगो मोबाइल फोन किनेको थियो, जसको किस्ता तिर्न उससँग पैसा थिएन। घरको खर्च पनि बढ्दै गइरहेको थियो। यो परिस्थितिमा रामलाई थाहा भयो कि उसले कति ठूलो गल्ती गरिरहेको थियो। उसले श्यामलाई आफ्नो समस्या सुनायो।
श्यामले रामलाई धैर्य राख्न भन्यो र सहयोग गर्न तयार भयो। श्यामले रामलाई योजनाबद्ध खर्च गर्न सिकायो। ऊ रामसँगै बसेर उसको खर्चहरू लेख्न थाल्यो। श्यामले भने, “पहिला तिमी कुन–कुन खर्च अनावश्यक रूपमा गरिरहेका छौ भनेर हेर्नु पर्छ। त्यसपछि मात्र खर्चमा नियन्त्रण गर्न सकिन्छ।“
रामले श्यामको सुझावलाई पालना गर्न थाल्यो। उसले अनावश्यक रूपमा किन्ने लत छोड्यो र घरमै खाना बनाउन थाल्यो। श्यामले रामलाई सानो–सानो रकम जोगाउन प्रेरित गर्यो, र रामले पहिलोपटक आफ्नो खर्चलाई नियन्त्रणमा ल्यायो। केहि महिनापछि, रामले महसुस गर्यो कि उसको आर्थिक अवस्था सुधार भइरहेको छ, र अब ऊ फजुल खर्च गर्नुपर्छ भन्ने दबाब पनि हटेको छ।
यो परिवर्तनले रामको जीवनमा मात्रै नभई, उसको परिवार र साथीहरूमाझ पनि सकारात्मक प्रभाव पार्यो। ऊ अब श्यामसँगै आर्थिक रूपमा जिम्मेवार बन्न सिकेको थियो। रामले श्यामलाई धन्यवाद दियो र भन्यो, “तिमीले मलाई मात्र होइन, मेरो जीवनलाई नै नयाँ दिशा दिएका छौ। अब म सबैलाई बचतको महत्त्व सिकाउनेछु।“
यसरी राम र श्यामले सँगै सिके कि जिन्दगी मजा लिनु मात्रै होइन, भविष्यका लागि जिम्मेवार हुन पनि आवश्यक छ ।
भण्डारी कपिलवस्तुको बाणगंगा–०८ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया