

पहिरोले गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध


अर्घाखाँची | अर्घाखाँचीमा निरन्तर वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ। पहिरोका कारण शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिका क्षेत्रका विभिन्न स्थानमा सडक ठप्प भएका छन्।
प्रहरीका अनुसार, बिहानदेखि नै सडक अवरुद्ध रहेको छ, जसले गर्दा यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन्। गाडीहरू सडकमै रोकिएका छन्, र राहतका लागि जेसिभीको प्रयोग गरिँदै छ। नरपानी प्रहरी चौकी प्रमुख अर्जुन बस्नेतले यसबारे जानकारी दिँदै भने, “सडक खुलाउने प्रयास भइरहेको छ।”
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, सन्धिखर्क गोरुसिङ्गे सडक खण्डको सन्धिखर्क ६ जगतादेखि नरपानीसम्म १२ स्थानमा पहिरोले बाटो अवरोध गरेको छ। नरपानीबाट असईको कमाण्डमा ४ जनाको टोली जेसिभीसहित खटिएको छ।
सडकको अवस्थाबारे थप जानकारी गर्दै, प्रहरीले उल्लेख गर्यो कि सितगंगा नगरपालिका १२ बसेरीदेखि शितगंगा २ सितापुरसम्म ३ ठाउँमा पनि अवरोध भएको छ। यहाँ पनि जेसिभीका टोलीहरू खटिएका छन् र राहतका लागि काम जारी छ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया