बाबु-आमा कै निधन भएपछि कपिलवस्तुमा चार छोरीहरुको दैनिकी बन्यो कष्टकर

रामबहादुर गन्धर्व, कपिलवस्तु । बालापनमै आफ्ना अभिभावक गुमाउनुको पिडा, अझ त्यसमा पनि अभिभावक बिहिन हुनुको अवस्थाले सिर्जना गर्ने कठिनपूर्ण जीवनभोगाई सायदै कम मान्छेले भोगिरहेका होलान । कपिलवस्तुमा एक यस्तै पिडादायी र कठिनपूर्ण जीवनको लडाईँसँग जुधिरहेको एक परिवार भेटिएको छ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ खैरी गाउँमा, आमा प्रेमा लोहारको मृत्युले अहिले यो परिवारका चार बहिनीहरुको बिचल्लीका दिन बितिरहेका छन् । उनीहरुको जीवनमा आमाको निधनले अकल्पनीय कठिनाइ ल्याएको छ।

गत भाद्र ८ गते प्रेमाले आफ्नो माइतीघर कपिलवस्तुको बिजयनगर ६ उज्जलपुर पुगेर एक्कासी लडेर संसार छोडिन्। अहिले प्रेमाको निधनको शोक र आमा गुनमाउनुको पिडा एकातिर छदै छ भने उनकी चार छोरीहरू—इशा (१६ वर्ष), सुमन (१३ वर्ष), सबिता (११ वर्ष) र नैना (८ वर्ष)—अब तिनका लागि जिम्मेवारी र दुःखको भारले जिवित दिनहरु पनि मृत जस्तै बनेका छन् । उनीहरुको बाध्यताकारी दिन अहिले चलिरहेका छन् ।

आमाको मृत्युपछि ती चार बहिनीले घरको हरेक काम गर्नुपर्ने भएको छ। इशा, जेठी छोरी, अब सबै जिम्मेवारीका लागि जिम्मेवार छिन्। उनले भनिन्, “म सोच्न पनि सक्दिन, यो सब कसरी भयो । बुवा र आमाको मृत्युले मलाई ज्युदै मरेको जस्तो महशुस हुन्छ।“

घरमा न हजुरआमा, न हजुरबुवा, चार छोरीहरुको जीवन अब संकटमा छ । उनीहरुको दैनिक खर्च चलाउने बाटो नै बन्द भएको छ ।

बुवाआमाको मृत्यु, चार सन्तानको बिचल्ली

८ बर्षिया छोरी नैना भन्छिन्, मेरो आमाको काखमा निदाउन मन छ। हर्दम आमाको याद आउछ तर मेरो आमा आउनुहुन्न । मेरो आमा मामाको घर जानुभएको छ, मेरो लागि फराक किनेर ल्याइदिनुहुन्छ भनी कुरेर बसेकी छन् कान्छी छोरी नैना । बुवा बितेको ५ बर्ष नबित्दै आमालाई दैवले लग्यो । चार जना छोरीहरुलाई टुहुरो बनायो । घरमा न चामल,दाल छ न त तेल , नुन ! गाउँको सहारामा बाचिरहेका छन् यी ४ बहिनी ।

५ बर्ष पहिले बुवाको रहस्यमय मृत्युु भयो । संसार त्यग्नु भयो । २ बर्ष नबित्दै घरको जेठी छोरीको प्रसुति प्रसव पिडाका कारण कारण मृत्यु भयो । प्रेमालाई श्रीमान र छोरीको मृत्युुले पिडा दियो । दुवैको चिन्ताले शरीर गलिसकेको थियो । बेलाबेला बिरामी भैरहन्थिन् । श्रीमान नहुदा उनलाई आफ्नो सन्तानको लालनपालन र शिक्षादिक्षासहित हुर्काउन, पढाउन निकै सकस थियो । साँझ बिहानको छाक टार्न पनि निकै मुस्किल थियो । मिहिनेत मजदुरी गरेर जन तन अफ्नो छोरीहरुको भोक टार्थिन् । प्रेमा आफू बिरामी हुँदा हुँदै पनि ४ छोरीलाई पढाउनका लागि भएपनी मजदुरी गर्थिन् ।

तर भाद्र ८ गतेका दिन प्रेमा लोहार माइत बिजयनगर ६ उज्जलपुर गएकी थिईन । माइत पुगेर पानी पिइन् र हालखबर शुरु भयो कुराकानी गर्दै उनी एक्कसी भुइँमा लडिन् । उनलाई अस्पताल पुर्याउदा उनी संसार छोडी सकेकी थिइन्।

आमाको साहारामा जसोतसो बाचिरहेका छोरीहरुलाई अहिले आमाले पनि सन्सार छोड्दा ज्युदै मरे तुल्य भएका छन् । घरमा न हजुर आमा न हजुरबुवा घरमा कोही छैनन् । गुण छ बचेराहरु छन् तर तिनका आमाबुवा छैनन् । आमा चारो लिएर आउनुहुन्छ कि भन्दै आँखा तानि तानी हेरीरहेकाछ्न। चिरबिर चिरबिर गर्दै रोइरहेका छन् ती बचेरहारु । आमा गुणमा नआएपछि निराश छन् ।

घरको सबै जिम्मेवारी १६ बर्षिया छोरी इशामाथी आएको छ । इशालाई पनि बुवाको मृत्यु, दिदिको मृत्युले निकै तनाव थियो त्यसमाथि आमालाई पनि गुमाउनु पर्दा ज्युदै मरेको छु भन्छिन् । उनिहरु ४ बहिनि मात्र छन । इशा स्थानीय विद्यालयमा कक्षा ९ मा पढ्छिन, सुमन लोहार बर्ष १३ कक्षा ८ मा पढ्छिन , सबिता लोहार बर्ष ११ कक्षा ६ मा पढ्छिन र नैना लोहार बर्ष ८ कक्षा २ मा पढ्छिन ।

आमाबुवाको अभिभावकत्व खोसिएपछि तीनबहिनीको आमा भने पनि बुवा भने पनि जेठि दिदी इशा नै अभिभावक बनेकी छिन तर इशाका लागि अभिभावकत्व चारैतिरबाट खोसिएको छ ।

आमाको धेरै याद आउछ । दिन त जसोतसो कट्छ तर साझ पर्ने बित्तिकै चार बहिनिको मुटु भकानिन्छ आखाभरी आशु आउछ र रुवावासी चल्छ । आमाको पनि निधनले यो घरमा कमाउने कोहि छैन । उनीहरु भन्छन्, हामीलाई बिहान बेलुकाको छाक टार्न गार्हो छ । गाउँदेखि चामल, दाल , नुन, तेल , खुर्सानी दिएर सहयोग गर्छन् । कसैले त सागपात तरकारी पनि ल्याइदिन्छन ।

बुवा र आमाको मृत्युले चार बहिनीको कष्टपूर्ण जीवनको लडाई चलिरहेको छ । बल्ल तल्ल २ छाक टार्न पुग्छ । स्वदेश तथा बिदेशबाट सहयोग गर्नका लागि समेत ४ बहिनिले अनुरोध गरेका छन् । आफूहरुलाई अहिले सहयोग आवश्यक रहेको र साहारा आवश्यक रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया