

कपिलवस्तुमा हतियारसहित दुई भारतीय नागरिक पक्राउ



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ सानो गणेशपुर चोकमा, सुरक्षा निकायले हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार, चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेका यी व्यक्तिहरुलाई चेकजाँचको क्रममा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ३५ वर्षीय प्रितम कुमार र २२ वर्षीय सुरज द्धिवेदी रहेका छन्। सुरजले कम्मरमा लुकाइ राखेको रिभल्भर, जसमा पाँच राउण्ड गोली लोड गरिएको थियो । उक्त हतियार प्रहरीले बरामद गरिएको जनाएको छ । यसका साथै, एक थान गोलीको खोका पनि फेला परेको जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार, उनीहरुको साथमा थप सामग्रीहरू पनि भेटिएका छन । तीन थान मोबाइल, फेनरामाइन इन्जेक्सन, प्लास्टिक प्याक गरिएका सिरिन्ज, एम्पुलेक्स पत्ता र अन्य औषधीको खाली पत्ताहरुसहित दुबै जनालाई लागूऔषध सेवन गरी लठ्ठीएको अवस्थामा पक्राउ गरिएको थियो।
हालको लागि, घटनाको अनुसन्धान र सोधपुछ प्रक्रिया जारी छ। प्रहरीले यस घटनामा थप जानकारी प्राप्त गर्न प्रयास गरिरहेकोे प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीको भनाइ छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया