

आफ्नो ११औँ स्थापना दिवस मनाउँदै ‘कपिलवस्तु सामुदायिक अस्पताल’ : उपचारमा ‘निःशुल्क सेवा’

साझाकुरा, जितपुर । कपिलवस्तुको कपिलवस्तु सामुदायिक अस्पतालले आफ्नो ११ औं स्थापना दिवस मनाउने क्रममा उपचारमा आउने बिरामीलाई निशुल्क सेवा दिने घोषणा गरेको छ । आइतबार अस्पतालले आफ्नो स्थापना दिवस मनाउँदै छ । यो दिन उपचारका लागि अस्पतालमा आउने बिरामीले निशुल्क उपचार सेवा पाउने अस्पतालका प्रशासन प्रमुख चन्द्रकान्त पोख्रेलले जानकारी दिए । अस्पतालले बिहान ७ बजे देखि साँझ ५ बजे सम्म औषधि बाहेक अन्य सबै उपचार सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
बाणगंगा नगरपालिका चार नम्बरमा अवस्थित यो अस्पताल कपिलवस्तु, अर्घाखाँची, दाङ लगायतका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। २०७० सालको असोज ६ गतेदेखि संचालनमा आएको यो सामुदायिक अस्पतालले आकस्मिक सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरू चौबिसै घण्टा उपलब्ध गराइरहेको छ।
अस्पतालका प्रशासन प्रमुख चन्द्रकान्त पोख्रेलले बताए अनुसार, “स्थापना भएपछि अस्पतालले क्रमिक रुपमा विभिन्न सेवा थप्दै आएको छ। अहिले ११ औँ स्थापना दिवसकोे विशेष अवसरमा, उपचारका लागि आउने बिरामीहरुलाई निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरिएको छ।“ उनले थपे, “यो अस्पतालले कपिलवस्तुमा स्वास्थ्य उपचारमा महत्वपूर्ण सुधार ल्याउन सफल भएको छ।“
हाल अस्पतालमा आकस्मिक उपचार सेवा, फार्मेसी, भिडियो एक्सरे, गर्भवती जाँच, आँखाको जाँच लगायतका महत्वपूर्ण सेवाहरू प्रवाह भइरहेका छन्। स्थापना दिवसको अवसरमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै यो अस्पतालले समुदायमा आफ्नो जिम्मेवारी निभाउने प्रयास गरिरहेको छ। उनले भनेका छन् । यस बाहेक अन्य विभिन्न उपचार सेवाहरु साप्ताहिक रुपमा समेत अस्पतालले संचालन गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया