

शिवराजमा छाडा चौपाया नियन्त्रणमा मेयर थापाको कठोर कदम, जरिवानासँगै पुरस्कारको पनि घोषणा

कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिकाले सडकमा छाडा पशु चौपाय छोड्ने सन्दर्भमा कडा नियम ल्याउने निर्णय गरेको छ। नगरप्रमुख अजय थापाका अनुसार, अबदेखि सडकमा आफ्नो पशु छाड्ने व्यक्तिलाई २० हजार रुपैयाँ जरिवाना लगाइने छ।
यो नयाँ नीति लागु भएदेखि, नगरपालिकाले छाडा पशु चौपाय सडकमा छाडेको सूचनासँगै प्रमाण दिने व्यक्तिलाई पनि पुरस्कारको व्यवस्था गरेको छ। नगरप्रमुख थापाले फेसबुकमार्फत् जानकारी दिँदै भने, “छाडा पशु चौपाय सडकमा छाड्दा दुर्घटनाका घटनाहरू बढ्न थालेका छन्। यसलाई नियन्त्रण गर्न कडा नियम बनाउनु अत्यावश्यक छ। त्यसैले, अब २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेका छौँ। साथै, छाडा पशु चौपाय सडकमा छोडेको सूचना दिने व्यक्तिलाई १० हजार रुपैयाँको पुरस्कार दिने छौँ।”
थापाका अनुसार, यसअघि छाडा पशु चौपायको गुनासो आउने तर प्रमाण संकलनमा कठिनाइ हुने गरेको थियो। यसलाई सजिलो बनाउन र प्रभावकारी रूपमा कारवाही गर्नका लागि, नगरपालिकाले सुचना दिने व्यक्तिलाई नगद पुरस्कार दिने निर्णय गरेको हो।
नगरप्रमुख थापाले नगरवासीसँग अनुरोध गरेका छन् कि सडकमा छाडा पशु चौपाय देखिएको खण्डमा तुरुन्तै सूचित गर्नोस् ताकि यो समस्याको समाधान गर्न सकियोस्।
सडकमा छाडा पशु चौपायले दुर्घटना र प्रदूषणमा वृद्धि गर्दै आएको तथ्यलाई ध्यानमा राख्दै, नगरपालिकाले अबदेखि राजमार्गसँगै भित्री सडकमा पनि कडा निगरानी राख्नेछ। सुचना दिने व्यक्तिको गोप्यता सुनिश्चित गरिनेछ र नगरपालिकाले सम्पर्कका लागि ९८६२२१६९३० र ९८०४४८५४०४ नम्बर उपलब्ध गराएको छ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया