कपिलवस्तुको विद्युत लाइन विस्तारमा विवाद कायमै, बुद्धमार्गमा प्रहरी परिचालन

कोपवा | कपिलवस्तुका. बाणगंगा ६ अन्र्तगत रहेको बुद्धमार्गमा प्रहरी तैनाथी बढेको छ । ३३ के.भि विधुत प्रसारण लाईन विस्तार गर्न स्थानीयको तिब्र विरोधका बावजुत विकल्पको खोजी नगरी सोही स्थानमा प्रहरी परिचालन गरेर लाईन विस्तार गर्ने प्राधिकरणको योजना अन्र्तरगत बाक्लो प्रहरी उपस्थिती भएको हो ।

बाणगंगा ७ मोतिपुरमा रहेको विद्युत प्रसारण लाईन लक्ष्मणघाट हुदै बुद्धमार्गबाट तौलिहवा लैजादा बाक्लो बस्ती प्रभावित हुने भन्दै त्यस क्षेत्रका वासिन्दाले विकल्पको खोजी गरि नहर क्षेत्र वा खोलाको खाली भागबाट विधुत प्रसारण लाईन लैजान माग गर्दै आएका छन् । जस अन्र्तगत आजपनी स्थानीयको ठुलो संख्या भेला भएको छ । प्रहरी र स्थानियविच चर्का चर्की बढेको छ ।



यस अगाडी सो स्थानबाट विकल्पको खोजी गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाले जिल्ला प्रसाशन कार्यालय तौलिहवा मार्फत स्थानिय समस्या सहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाएको थियो भने पट्क पट्क प्रहरी परिचालन गरि जनतालाई आक्रान्त पारेको भन्दै विकल्प खोज्न गत भाद्र १७ गते वडा नं ६ मा सर्वदलिय सर्वपक्षिय भेलाको आयोजना गरिएको थियो ।
भेलाले स्थानीयको कम सम्पती कम क्षती हुनेगरि वैकल्पीक बाटो खोज्नुपर्ने निणर्य सहित विधुत प्राधिकरण तौलिहवालाई पत्राचार गर्ने निणर्य गरेको थियो ।
उता कपिलवस्तु नगरपालिका वडा नं ९ ले नहर क्षेत्रबाट लैजादा क्षेती कम हुने भन्दै सिफारिस समेत गरेको थियो ।

३३ के.भि विधुत प्रशारण लाईन बाक्लो बस्ती एरियाबाट लैजाँदा ठुलो क्षती हुने भन्दै स्थानीयहरुले वैकल्पिक बाटो अपनाएर लैजानुपर्ने भन्दै संघर्षमा रहेकै बेला शुरुको मंगलवार र आजपनी प्रधिकरणले प्रहरी लगाएर बलजप्ती गर्नु अन्यायपुणर् भएको कपिलवस्तु नगरपालिका वडा नं ९ का वडा सदस्य रिषर्व पौडेलले बताए ।

विकल्पको खोजी गर्नुपर्ने स्थानीयको माग

घना बस्तीबाट लैजादा बढी जोखिम हुने हुदा बैकल्पीक बाटो अपनाएर लैजानुपर्ने स्थानीयको माग रहेको छ ।
तौलिहवा बाट जग्दिशपुर सम्म आउदा नहर छेउबाट आएको विधुत लाईन जग्दिशपुर यता किन बस्ती यरियामा लगियो यो नै अचम्मको विषय भएको देउराली टोल विकास समितिका अध्यक्ष हुम बहादुर घ.म बताउछन् ।

नहरको क्षेत्रबाट लैजादा जोखिम नरहने स्थानीय समाजसेवी युवा कृष्ण गैरे बताउछन् । उनले नहरमा सिंचाईको एकतर्फि १२ मिटर क्षेत्र रहेको हुदा सोहि बाटोबाट लैजानुपर्ने तर्क गर्छन् । यदी वैकल्पीक उपाए नअपनाएर बल प्रयोग गरे त्यसको परिणाम नराम्रो हुने उनको चेतावनी छ ।
यस अगाडी पनी बुद्धमार्ग भन्दा अनेत्र वैकल्पीकबाटो लैजान सघर्ष समितिले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

प्रतिक्रिया